धर्मसुन्दर बाट अध्यक्षका उम्मेद्वार विपिन रामुदामु माथि आक्रमण प्रयास

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको महासचिव धर्मसुन्दर बज्राचार्यले महासंघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी विपिन रामुदामु माथि हातपातको प्रयास गरेका छन् ।
महासंघको २४ गते वसेको कार्यसमितिको वैठकमा छलफलको क्रममा उपाध्यक्ष रामुदामुले आफ्नो विषयवस्तु राख्दा महासचिव वज्राचार्यले एक्कासी आवेगमा आएर दुईपटक सम्म कुर्चिबाट उठेर आक्रमणमा उत्रिएको वैठकमा सहभागी पदाधिकारीहरुले आभूषण बजार पत्रिकालाई बताएका छन् ।
महासंघका एक वरिष्ठ पदाधिकारीले भने महासंघ भित्र अराजक र दादागिरीको संस्कृतिले चरमरुप लिएको भन्दैं चिन्ता व्यक्त गरे । अध्यक्षका प्रत्यासी रामुदामुको मनोवल कम्जोर बनाउने हिसावबाट आवेगमा आएर निषेध गर्ने ढंगबाट आक्रमणको प्रयास भएको सहभागीहरुले बताएका छन् ।
महासंघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रामुदामु माथि औपचारिक वैठकमानै यसरी हतोत्साही बनाउने हिसावबाट आक्रमणमा उत्रिएपछि वैठकमा स्तव्धता छाएको बताइएको छ । महासंघको गरिमामय उपाध्यक्ष तथा अध्यक्षका पत्यासी रामुदामुलाई असभ्य ढंगबाट प्रस्तुत भएर आक्रमणको प्रयास गर्नु निन्दनीय रहेको पदाधिकारीहरुले बताएका छन् । आक्रमण प्रयास र दादागिरीप्रति विभिन्न संघ संस्था र व्यक्तिहरुले दुःख व्यक्त गर्दै भत्सर्ना गर्ने तयारी गरिएको छ । पछिल्लो समय सुनको सिण्डिकेट खारेजीको माग गर्दै माईतीघर मण्डलाको सडक आन्दोलन देखि महासंघ भित्रसम्म व्यवसायिक हकअधिकारको सवालमा संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति बनाएर आम व्यवसायको हितमा लागि परेका समितिका संयोजक माथि हातपातको प्रयास हुनु अत्यन्त निन्दनीय रहेको संघर्ष समितिका सदस्यहरुले समेत बताएका छन् । यसको डटेर प्रतिरोध गर्ने समेत उनीहरुको भनाई छ ।
यद्यपी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले रामुदामुसँग उच्च पदस्थ व्यक्तिहरुको सामु माफि मागेको बताइएको छ । बज्रचार्य एक्कासी आवेगमा आएर कसरी प्रस्तुत भए आफैलाई थाहा नभएको भन्दैं गल्ती स्विकार गरेको वरिष्ठ पदाधिकारीले आभुषण बजार पत्रिकालाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्