प्रधानमन्त्री देउवासँग सुनचाँदी मञ्चका पूर्व अध्यक्ष लकान्द्रीले के भने ?

काठमाडौं,भाद्र । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका पूर्व अध्यक्ष गणेश लकान्द्री सहितको टोलीले प्रधानमन्त्री शेरवहादुर देउवासमक्ष सुनचाँदी बजारको विद्यमान समस्याको वारेमा जानकारी गराएका छन् ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर लकान्द्री नेतृत्वले सुनको कच्चापदार्थका कारण व्यवसायको क्षेत्रमा परेको समस्याको वारेमा अवगत गराएको मञ्चका पूर्व अध्यक्ष लकान्द्रीले आभूषण बजार पत्रिकालाई जानकारी गराएका छन् ।

सुनचाँदीको नीति नियम नहुँदा र सुनचाँदी बजारको बदलिदो अवस्थामा सुन वितरणको प्रणालीमा आफुले प्रधानमन्त्रीलाई अवगत गराएको लकान्द्रीले बताउनुभयो । जवाफमा प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसाय क्षेत्र पनि कला,संस्कृति र रोजगार क्षेत्रको विकासमा भूमिका रहेको भन्दैं यस विषयमा बुझेर आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको मञ्चका पूर्व अध्यक्ष लकान्द्रीले बताउनुभयो ।

पछिल्लो समयमा सुनचाँदी बजारमा कच्चा पदार्थमा देखिएको चरम अभाव,कालोबजारी,सुन वितरणको पादर्शीता,नीति नियमको अभावका कारणले साना व्यवसायी तथा कालिगढहरुलाई परेको समस्याका विषयमा चलिरहेको संघर्ष समितिको आन्दोलनमा समेत मञ्चका पूर्व अध्यक्ष लकान्द्रीले ऐक्यवद्धता जनाउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्