सुनचाँदी प्रदेश–२ को विवाद मिल्यो ,रामजी साह अध्यक्षमा चयन

बर्दिवास,पुस । नेपाल व्सुनचाँदी यवसायी महासंघ प्रदेश नम्बर दुईको नेतृत्व विवाद सहमतीमा आएर मिलेको छ । शिव सर्राफ र रामजी साहवीच नेतृत्वमा विवाद भएता पनि दुवै जनाले आपसी तिक्ततालाई विर्सीएर रामजी साहलाई सुनचाँदी महासंघ प्रदेश–२ को अध्यक्षमा चयन गरिएको छ ।

उपाध्यक्षमा विनोदकुमार भण्डारी र सन्तोष  साह, कोषाध्यक्षमा प्रल्हाद रामदाम,सह–सचिव वसन्त साह र सदस्यहरुमा अमित गुप्ता,अर्जून साह,भगवान साह,धुव्र गहतराज र गीता विश्वकर्मा चयन हुनुभएको छ ।

महोत्तरीको बर्दिवासमा शुक्रवार अवेरसम्म भएको छलफलपछि शिवकुमार सर्राफलाई मधेशबाट महासंघको केन्द्रिय  उपाध्यक्षमा ल्याउने सहमतीमा रामजी साहलाई प्रदेश अध्यक्षमा सहमती गरिएको महासंघबाट गठित विवाद समाधान समितिका संयोजक एवम महासंघका केन्द्रिय उपाध्यक्ष अर्जून रसाईलीले आभूषण बजार पत्रिकालाई बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहले दुवै पक्षवीच बर्दिवासमै सहमती गरेर रामजी साहलाई अध्यक्षमा चयन गरिएको बताउनुभयो । सहमतीको लागि आफुले विगतदेखिनै भूमिका निर्वाह गरेको उहाँको भनाई छ ।

सहमतीपछि चयन अध्यक्ष रामजी साहले विगतको तिक्ततालाई भुलेर महासंघलाई बलियो बनाउन आफु लाग्ने बताउनुभयो । प्रदेश नम्बर २ को सुनचाँदी व्यवसायलाई नमुना बनाउन भावि दिनमा आफुले भूमिका खेल्ने साहको भनाई छ । नवचयन सचिव प्रवेशकुमार सर्राफले शिवकुमार सर्राफलाई महासंघको केन्द्रिय उपाध्यक्ष बनाउने सहमतीमा प्रदेश नम्बर २ मा नयाँ कार्यसमिति बनेको बताउनुभयो । सर्राफले विगत तितामिठा सवै कुरालाई भुलेर सहमतीलाई पालाना गराउन आफुहरु लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्