होटल महासंघको उपाध्यक्षमा ज्ञानु गजमेर निर्वाचित

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको प्रशासनिक उपाध्यक्षमा ज्ञानु गजमेर निर्वाचित हुनुभएको छ ।
पालाज्ञा ज्वेलर्सका संचालक समेत रहनुभएका गजमेरले होटल व्यवसाय क्षेत्रमा समेत लगानी गर्नुभएको छ । गौशालामा उहाँको पालाज्ञा होटल संचालनमा रहेको छ ।
सालिन स्वभावका गजमेर सानै देखि मेहेनती र इमान्दार ढंगबाट काम गर्ने व्यवसायीको छवि भएको व्यक्तित्वको रुपमा परिचय वनाउनुभएको छ । होटल व्यवसायी महासंघका नेपालका १ लाख ४५ हजार भन्दा वढी होटल व्यवसायीहरु सदस्य रहेका छन् । उपाध्यक्ष पदमा निर्वाचित हुनुभएका गजमेरले सुन व्यवसायको अलवा होटल व्यवसाय क्षेत्रको विकास र प्रवद्र्धनमा सक्रियरुपमा थप टेवा दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्