मैले सुनमा तोकिएको दर भन्दा बढी लिए कारवाही भोग्न तयार छु : माणिकरत्न शाक्य

काठमाडौ,फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तथा गहना निकुञ्जका संचालक माणिकरत्न शाक्यले महासंघले तोकेको सुनचाँदीको भाउ भन्दा आफुले सुनको बढी मूल्य लिएको भए आफु कारवाही भोग्न तयार रहेको बताउनुभएको छ ।

सुनचाँदीको कालाबजारीका कारण साना व्यवसायीहरुले तोकिएको मूल्यभन्दा बढीमा सुनको विक्री भईरहेको गुनासो आईरहेको बेला अध्यक्ष शाक्यले महासंघको भाउलाई मध्यनजर गर्दै आफुले कानुनको परिपालना गर्दै तोकिएकै मूल्यमा कारोवार गरिरहेको बताउनुभयो । यदि कसैले मैले बढी मूल्य लिएको प्रमाणित भए म कारवाही भोग्न तयार छु आभूषण पत्रिकासँगको कुराकानीमा  उहाँले बताउनुभयो । साथै उहाँले अवको केही दिन भित्रमा कालोबजारीको समस्या विस्तारै समाधान हुने बताउनुभयो । यसैवीच आभूषण बजार पत्रिकाले  महासंघकै जिम्मेवार पदाधिकारीले आफ्ना ग्राहकलाई बढी मूल्यमा गहना विक्री गरेको भन्दैं गुनासो गरेका छन् । सुनको कालोबजारी नहटे ग्राहकहरु सँग समन्वय गरेर उनीहरुको विल समेत केही दिनमा सार्वजनिक गर्ने पत्रिकाको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्