सुनचाँदी नीति नियम नहुँदा व्यवसायी हत्तकडीमा,महासंघ पदाधिकारी सुक्ष्म निगरानीमा

काठमाडौं,पुष । पछिल्लो समय भएको ठूलो सुन तस्करी प्रकरणमा महासंघका केही पदाधिकारीहरु अझै सिआईवीको अनुसन्धानको घेरामा रहेको खुलासा भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष तथा बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफ व्रेक सुको ६० केजी सुन प्रकरणमा अनुसन्धानको लागि पुर्पक्षमा थुना रहेसँगै अन्य पदाधिकारीहरु पनि सुक्ष्म निगरानीमा रहेको स्रोतले जानकारी दिएको छ । पुर्पक्षमा रहेका शिवकुमार सर्राफको भनाई अनुसार महासंघ भित्रको गलत नेतृत्वको वेथितीको भण्डाफोर गरेकै आधारमा महासंघका पदाधिकारीहरुले आफुलाई फसाएको भन्ने तर्कले समेत घटनालाई अझ रहस्यमय बनाएको छ ।
सुन तस्करी प्रकरणको अध्ययन गर्न गठित आयोगको म्याद थप र अनुसन्धान अझै लम्वीनुमा अरु पनि सुन व्यवसायीहरु तानिन सक्ने स्रोतको भनाई छ ।
सुनचाँदीको नीति निर्माणमा महासंघ र राज्य उदासिन हुँदा यतिबेला सयौ व्यवसायीहरु अहिले पनि देशका विभिन्न जेलमा रहेका छन् । आफ्नो स्वार्थको लागि कोटाको सुनको सिण्डीकेटमा महासंघको नेतृत्व र पदाधिकारीहरु रमाउँदा १५ दिन भित्र बनाउने भनेको सुनचाँदी नीति १० वर्ष वितिसक्दा पनि अहिलेसम्म बन्न नसकेको व्यवसायीहरुले बताउँदै आईरहेका छन् । महासंघको अव आउने नयाँ अध्यक्ष र नयाँ पदाधिकारी सुनचाँदी नीति निर्माण बनाएर तुरुन्त लागु नगरे सुनचाँदी बजारको भविष्यमा नै महासंकट आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्