रत्न तथा आभूषण महासंघको गण्डकी प्रदेशको अध्यक्षमा रामबहादुर विक

माघ,पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रामबहादुर विक चयन हुनुभएको छ ।
पोखराको ढिकीडाडामा सम्पन्न प्रथम प्रदेश सभाबाट अध्यक्षमा रामबहादुर विक,उपाध्यक्षमा पदमबहादुर विश्वकर्मा(सुरज),महासचिवमा सालिकराम गहतराज,सचिवमा इश्वरबहादुर विक,कोषाध्यक्षमा बलबहादुर विक र सदस्यहरुमा गोपाल सुनार,भीमबहादुर विक,पदमबहादुर विक,मनोजकुमार स्वर्णकार,राम माया सुनार,श्रेया सुनार र विष्णुदेवी विक चयन हुनुभएको हो ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगर प्रमुख अतिथी रहनुभएको सो सभामा नेपाल सनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेश श्रेष्ठ,महासचिव,किसान सुनार,सचिव नीरबहादुर विके,(विमल),रत्न तथा आभूषण संघ गैडाकोटका अध्यक्ष सुरज रामदाम लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्