अयोध्यामा स्थापित भगवान् राम मूर्तिमा १५ किलो सुन, १८ हजार हिरा र पन्ना

अयोध्या । अयोध्याको राम मन्दिरमा सोमबार रामको मूर्ति स्थापित गरियो । मन्दिरमा राखिएको भगवान् रामको मूर्तिमा १५ किलो सुन, १८ हजार हिरा र पन्ना प्रयोग गरेर बनाइएको आभूषण प्रयोग गरिएको छ ।
आभूषण पौराणिक कथाहरूमा वर्णित रामको स्वरूपको आधारमा वस्त्र तयार पारिएको छ । रामायण, श्रीमद् वाल्मीकि रामायण, श्रीरामचरितमानस र आलवन्दार स्तोत्र अध्ययन गरेर सोमा वर्णन गरिएको श्रीरामको रूप र पहिरनबारे सोध खोज गरेर तयार पारिएको बताइएको छ । मूर्तिमा टिका, मुकुट, ४ वटा हार, कमरबन्द, दुई जोडी पाउजु, विजय माला, दुई ओटा औठीसमेत कूल १४ वटा आभूषण लगाइएको छ । यी सबै आभूषण १२ दिनमा तयार पारिएको थियो । लखनउको हरसहायमल श्यामलाल ज्वेलर्सले आभुषण तयार पारेको हो ।
मुकुट १ किलो ७०० ग्राम सुनले बनाइएको छ । यसमा ७५ क्यारेटको हिरा, १७५ क्यारेटको पन्न, २६५ क्यारेट रुबी, माणिक्य लगाइएको छ । मूर्तिमा पन्ना र माणिक्यका दुई औँठी छन् । २ किलो सुनको माला, ७५० ग्राम सुनको कमरबन्द, एक किलो सुनको धनुवाण राखिएको छ । सबै आभूषणमा पनि ठूलो मात्रामा सुन, हिरा र पन्नाको प्रयोग भएको छ ।

प्रतिक्रिया दिनुहोस्