ग्राहकको मन मुटुमा बस्न सफल जोरपाटीको न्यू हलेसी ज्वेलर्स

न्यू हलेसी ज्वेलर्स जोरपाटीको निकै चर्चित सुनचाँदी पसल हो । ग्राहकको मन मुटुमा वस्न सफल यो पसल २०७० सालमा जोरपाटीमा स्थापना भएको हो । पसलका संचालक तेज गजमेरले आफुले ११ वर्ष अघि देखिको त्याग तपस्या र निरन्तर मेहेनतबाट ग्राहकको विश्वास जित्न सफल भएको बताउनुहुन्छ ।
तेज गजमेर सानै देखि निकै संघर्षशिल र मेहेनती यूवा व्यवसायी हुनुहुन्छ । खोटाङ जिल्ला केपिलासगढी गाँउपालिका वडा नम्बर–२ मा जन्मनुभएका गजमेरको बुवा हरिकुमार गजमेर र माता हिरादेवि गजमेरको माईलो छोरा हुनुहुन्छ । सुरुवातमा अध्ययनको लागि ठमेलको सरस्वती क्याम्पसमा भर्ना हुनुभएका तेज गजमेर सानै देखि तिक्ष्ण दिमागको हुनुहुन्थ्यो । यहि सिलसिलामा अध्ययन सँगै आफ्नो कालिगढी कार्यलाई निरन्तरता दिनुभयो ।
सुनमा शुद्धता र समयमै ग्राहकलाई अर्डर अनुसारको गहना पुराउनसक्ने कारणनै ग्राहकहरुले न्यू हलेसी ज्वेलर्सलाई मन पराउनुको कारण भएको संचालक तेज गजमेरको भनाई छ । ग्राहकले किनेको गहना फेरी खरिद गर्दा पनि बाई ब्याक ग्यारेन्टी भएकाले ढुक्क सँग गहना किन्ने वातावरण बनेको गजमेरको भनाई छ । आफ्नै कालिगढहरुबाट निर्मित नेपाली मौलीक तथा आधुनिक गहनाको लागि न्यू हलेसी गहना पसल प्रशिद्ध रहेको छ । बौद्ध र जोरपाटी क्षेत्र भएकाले पनि चाईनिज र तिब्बतीयन गहनाहरु पनि यहाँ पाईन्छ ।
सुन पेशामा इमान्दारिता र विश्वासको अत्यन्त खाँचो रहने संचालक तेज गजमेरको भनाई छ । यहाँको शुद्धता र गहनाको डिजाईन अत्यन्त मनपर्ने नियमित ग्राहक रुपा योन्जन बताउनुहुन्छ । पारिवारिक वातावरणमा आफुले भने जस्तो गहना पाईने भएकाले पनि आउने गरेको खोटाङका पर्शुराम राई बताउनुहुन्छ । आगामी दिनमा अझ ग्राहकको मनोभावानालाई बुझ्दै वृहद सेवा दिने कार्यबाट अगाडी बढ्ने र अहिलेसम्म ग्राहकले विश्वास र माँया गर्नुभएकोमा संचालक तेज गजमेरले सवैलाई धन्यवाद दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्