विपिन रामुदामु अध्यक्षमा प्रस्तावित,अर्का प्रत्यासी रसाईली दौडाहामा

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको चैत २३ र २४ गते चयन हुने भावि अध्यक्षको लागि विपिन रामुदामुको उम्मेद्वारी तय भएको छ । ज्ञानेश्वरमा शनिवार बसेको वैठकले नेपाल सुनचाँदी व्यवसायी महासंघका वर्तमान अध्यक्ष,नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्र लगायतका विभिन्न जिल्लाहरुको उपस्थितीमा भएको व्यापक छलफलपछि महासंघको आगामी कार्यकालको लागि आफुलाई अध्यक्षको रुपमा उठाउने तय भएको अध्यक्षका प्रत्यासी विपिन रामुदामुले आभूषण बजार पत्रिकालाई बताउनुभयो । केही दिनमै प्यानलको घोषणा गरी चुनावी कार्यक्रममा अघि बढ्ने रामुदामुको भनाई छ । यसैवीच अध्यक्षका अर्का प्रत्यासी अर्जून रसाईलीले पनि चुनावी कार्यक्रम अन्र्तगत कोशीको विभिन्न जिल्ला देखि चुनावी प्रचार अभियानको सुरुवात गर्नुभएको छ । जिल्ला अध्यक्षका अर्का प्रत्यासी अर्जून रसाईलीले जिल्ला दौडाहाबाट फर्किएर काठमाडौंमा विशेष कार्यक्रमका साथ प्यानल घोषणा गर्ने बुझिएको छ । व्यवसायिक हकहितको लागि आफुले खेलेको सक्रियता र आगामी दिनमा व्यवसायलाई मर्यादित,सम्मानित र सुरक्षात्मक हिसावबाट अघि बढाउन मेरो नेतृत्वलाई अघि बढाउनेमा सवै प्रतिवद्ध भएको अध्यक्षका प्रत्यासी रामुदामुको भनाई छ । यसपटक महासंघको २३ र २४ गते हुने महाधिवेशनमा अर्जून रसाईली र विपिन रामुदामुवीच कडा प्रतिस्पर्धा हुने आकंलन गरिएको छ । रसाईलीलाई महासंघका निर्वतमान अध्यक्ष मोहन विश्वकर्मा,दियेशरत्न शाक्य,धर्मसुन्दर बज्रचार्य,किरणभाई बज्रचार्य लगायतले साथ दिएका छन् भने रामुदामुलाई तेजरत्न शाक्य,वर्तमान अध्यक्ष माणिकरत्न शाक्य,निर्वतमान अध्यक्ष मणिरत्न शाक्य,प्रेमकुमार सेन्चुरी,निर्मल विश्वकर्मा,  पवन सोमानी लगायतले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्