सिण्डीकेट राख्न रत्न संघको मिडियावाजी र चलखेल,संघ विरुद्ध आन्दोलनको तयारी

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघ भित्रका खराव पदाधिकारीले सुनको सिण्डीकेट कायम गर्न र सुन हिनामिना गरी भारत तर्फ लगेको आरोप लागिरहेको मुद्धा खेपीरहेको अवस्थामा मुद्धालाई प्रभावित पार्न मिडियावाजी र पैसाको चलखेल सुरु गरेको आरोप लागेको छ ।
संघले आईतवारको कान्तिपुरको पहिलो पेजमा सुनको सिण्डिकेट विरुद्ध रत्न संघका अध्यक्ष ,राष्ट्र वैंकलाई समेत विपिक्षी बनाएर मुद्धा हालेको अवस्थामा मुद्धाको बहस हुने दिन नजिकिदै गर्दा मुद्धालाई प्रभावित पार्न मिडियावाजीमा उत्रेको बताइएको छ । कान्तिपुरको सहरामा संघले सर्वोच्चको मुद्धा प्रभावित पार्न प्रयास गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । सुचना प्रकाशित गरेर सर्वोच्चमा दर्ता भएको सिण्डिकेट विरुद्धको मुद्धा प्रभावित पार्न लाखौं रुपैया खर्च भएको रत्न संघ भित्रका एक पदाधिकारी नाम नबताउने सर्तमा आभूषण बजार पत्रिकालाई बताए ।
कान्तिपुर पत्रिका अध्यक्ष कैलास सिरोहिया पछिल्लो समय दुईवटा नम्बरको नागरिता लिएको आरोपमा अनुसन्धानको लागि धनुषा प्रहरीको हिरासतमा रहेका छन् । संघले पत्रिकाको आवरणमा साना व्यवसायी र कालिगढको विरुद्धमा फैसला ल्याउने ढंगबाट पत्रिकामा सुचना सहितको विज्ञापन प्रकाशित गरेको भन्दैं आम व्यवसाय क्षेत्रले देशभरका व्यवसायीहरुले विरोध गरेका छन् । सुनको चलखेल र सिण्डीकेट विरुद्ध परेको मुद्धाको आईतवार समेत पेशी तोकिएको छ । पेशी पटक पटक सदैै आईरहेको छ ।
विगतमा ओजेल प्रणालीबाट आम व्यवसायीहरुले सुनको आपूर्ति गर्दै आएकोमा २०६८ साल देखि भने सिमित पुँजीपतिहरुलाई फाईदा पुग्ने गरी मात्र सुन वितरण गर्ने कोटा प्रणाली लागु गरिएको छ । यो प्रणालीबाट सुनको कालोबजारी बढ्नुका साथै तस्करी बढेर राजश्व गुमेको व्यवसायीहरुले बताउँदै आईरहेको छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष तेजरत्न शाक्य,नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य ,महासंघका उपाध्यक्ष विपिन रामुदामु लगायत आम व्यवसायले कोटा प्रणाली खारेज हुनुपर्छ भनेर मिडियामा आफ्नो धारणा ल्याइरहेको यो अवस्थामा रत्न संघले सर्वोच्चमा परेको मुद्धालाई प्रभावित पार्ने र सिण्डिकेटलाई समर्थन गर्दै ल्याएको यो सुचना पछि आम व्यवसायीहरु आक्रोशित भएका छन् ।
नेपाल रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले पिडित व्यवसायीहरुबीच वृहद् छलफल गरेर आन्दोलन सम्मको कार्यक्रमलाई अगाडि बढाउने विषयमा आफुहरुले गृहकार्य गरिरहेको बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्