गुप्ताको सर्वोच्चमा लडाई,मौन संघ र महासंघ,के होला सुनबजारको भविष्य ?

रेशम लाम्गादे
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ यतिबेला थला परेको छ । सुनको सिण्डिकेट कोटा प्रणालीकै सुनमा हुने छिनाझपटीका कारण यो महासंघ प्यारालाईसिस बनेको हो । अर्जून रसाईली वा विपिन रामुदामुले जसले वहुमत र आधिकारिकरुपमा महासंघ हत्याउन सक्यो त्यहि गुटको नेपाल सुनचाँदी व्यवसायी महासंघ हुनेछ । नत्र हेर्दा फाईट गरेजस्तो गर्ने अनि भित्र भित्र लुरु लुरु सहमती गरेर महासंघलाई कोटावाट आउने सुन मिलेर बाडफाँड गर्दै खानुको विकल्प यो महासंघसँग छैन । आम व्व्यवसायीको हकहित र सुनचाँदी नीति नियम बनाउछ भन्नेमा ठूलो महासंघबाट आशा गर्नु अव वेकार जस्तै भएको छ । महासंघ भाडमा जाओस् पाईन्जेलसम्म कोटाको सुनमा गोरखधन्दा चलाएर व्यक्तिगत भुँडी भर्न ठूलो भनिएको महासंघको खराव पदाधिकारी जुका जसरी टाँसिनै रहनेछन् । जिल्ला प्रशासनमा कोमा रहेको यो महासंघ कोटाको सुन खानको लागि मात्रै भ्यान्टीलेटरमा हालेर राखिएको छ । सुन माफिया र खराब पदाधिकारीको दोहनका कारण ठूलो महासंघको गरीमा तहस नहस भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ भित्र हुर्किएको अनियमियतताको छानविन र तस्कर पदाधिकारीलाई कारवाही नभएसम्म सायद ठूलो महासंघ प्रशासनबाट जिविन पाएर आउने छाटकाँट देखिदैन । एक हिसावले भन्नुपर्दा राज्य र प्रशासनलाई सजिलै थाहा भएको छ यो भ्रष्ट र अनियमितता गर्ने माफिया पदाधिकारीको कारण महासंघको यो हालत भएको हो । कोटाको सुनको अनियमितता गर्ने दोषी उपर छानविन र कारवाही नभई ठूलो महासंघले जीवन पाउने सम्भावना देखिदैन ।
दोस्रोमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ यस महासंघ अन्र्तगत नेपाल रत्न तथा आभूषण संघ,काठमाडौं,नेपाल सुनचाँदी कला व्यवसायी संघ,नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ लगायतका संस्था यस संघ जोडिएका छन् ।
यो महासंघ भित्र नेपाल रत्न तथा आभूषण संघ,काठमाडौं दादागिरी र स्वच्छेचारीता पहिला देखिनै रहेको छ । रत्न संघका अध्यक्ष सुमन ताम्राकार लगायतका पदाधिकारीहरुले यतिबेला सर्वोच्चमा मुद्धा खेपीरहनु परेको छ । सरकारबाट आम व्यवसायीको लागि आएको सुनमा गोरखधन्दा चलाएर भारत पुराउने देखि लिएर कालोबजारीको मूल नाईके यस भित्रको पदाधिकारी रहेको संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले खुलम्खुल्ला भनेका छन् । यो आरोपलाई प्रमाण सहित चिर्न संघको अध्यक्ष लगायतका पदाधिकारीले चिर्न सकेका छैनन । अझ हुँदा हुँदै साना व्यवसायी मारा सिण्डिकेटको पक्षमा एक पत्रिकामा लाखौको विज्ञापन छपाएर रत्न संघका पदाधिकारी मुद्धा प्रभावित पार्न र आफ्नो कालो करतुत ढाकछोपमा लागेका छन् । हजारौ क्विन्टल सुनको घोटला र अनियमितता अरवौ राजश्वको छलिको विषय भएको कारणले पनि राज्यले अध्ययन गरिरहेको छ यस कारण पनि अदालतमा पेशी सरेको सरै छ । यो विषय राज्यको आँखामा परेपछि सजिलै दोषी आरोपाीहरु उम्कन सक्ने स्थिती छैन । यिनीहरुको सम्पत्ति पक्कै पनि छानविन हुने र कानुनी दायरामा खोजी खोजी राज्य आउने देखिएको छ । धेरै मिडियाहरु पनि यतिवेला यो घोटाला प्रकरणलाई गहिरिएर अनुसन्धानमा लागेका छन् ।

अहिलेसम्म गोरखधन्दा चलाउने यिनीहरुको सम्पत्ति छानविन र कारवाही नितान्त हुन जरुरी छ भनेर खुलेर बोल्न नसकेता पनि आम साना व्यवसायीहरुले भनिरहेका छन् ।
रत्न आभूषण महासंघको अध्यक्षमा पोखराका किसान सुनार आएका छन् । पछिल्लो समय किसान सुनारले महँगो रिसोर्टहरुमा वैठक,सम्मान कार्यक्रम राख्दै योजना बनाएको त भन्छन् तर के हो स्पष्ट खाँका त्यो देखाउन सकेका छैनन् । महँगो महँगो तारे होटलमा कार्यक्रम गर्ने परिणाम केही दिन नसक्ने भनेर महासंघ भित्रकै पदाधिकारील उनी माथि प्रश्न गर्न थालेका छन् । रत्न आभूषण महासंघ यतिबेला रत्न संघको अगाडि लम्पसार परेर व्यवसायी मारा सिण्डिकेटकै पक्षमा हो मा हो मिलाएर बस्नुपरेको छ । अघिपछि सिण्डिकेटको विरोध गर्नेहरु अहिले आफ्नो भागमा सुन आउन थालेपछि तैचुप मैचुप छन् । सुन के कति कता गयो । होल्ड भएर थुप्रिएको क्विन्टल सुन महासंघ भित्रको कुन माफियाले उठायो यो विषयमा चुइक्क पनि बोल्दैन किसान सुनार नेतृत्वको रत्न आभूषण महासंघ । रिसोर्टमा कार्यक्रम राख्ने महँगो विल तिर्ने,आम व्यवसायको हकहितमा सिन्को पनि नभाच्ने किसान सुनारको नेृतत्वबाट संकेत देखिन थालेको छ ।
अरु साना संघका पदाधिकारीले पनि सुनको वितरण के कसरी भईरहेको छ त्यसको विवरण लुकाउने गरेका छन् । काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष रोहिना शाक्यले जस्तो सुन वितरणको खुल्ला विवरण सार्वजनिक गर्न सक्ने कुनै पनि अरु संघको हिम्मत छैन ।
सर्वोच्च अदालतमा यत्रो मुद्धा चल्दा पनि मुद्धाको विरुद्धमा लाग्ने महासंघ र संघको खराव पदाधिकारीको असलियत यतिबेला खुलेको छ । विवादित पत्रिकाको मालिकको मिडियामा गएर सुचना जारी गरी अझै सुनको सिण्डिकेटलाई समर्थन गर्ने यिनीहरुको साना व्यवसायी मारा असलीरुप वाहिर आएको छ । समाचार शेयर हुने आम व्यवसायीका वीचमा करतुत थप पुग्ने र पोल खुल्ने डरले फेसबुकमा समेत निगरानी गरेर समाचार अपलोड गर्न नमिल्नेमा समेत यि खराव पदाधिकारीले पैसा खर्च गर्न थालेका छन् । सुनचाँदी नीति नियम नबनाई साना व्यवसायीहरुलाई अवैध ढंगबाट व्यवसाय गर्न बाध्य बनाउने महासंघ भित्रकै खराव पदाधिकारीका कारण यो परिस्थिती आएको हो ।
२०६८ सालको सुन वितरणको कोटा प्रणाली यहि माफिया पदाधिकारीकै कारण आएको हो । यसलाई हटाउन महासंघले एक भएर पहल गरे सक्ने थियो । तर यसमा महासंघ भित्रका गोरखधन्दा गरिरहेका हटाउननै चाहादैनन् यो तथ्य वाहिर आईसकेको छ । अवको विकल्प आन्दोलन वाहेक छैन,जवसम्म यि गोरखधन्दा चलाएर अकुत सम्पत्ति आर्जन गरेका खराव पदाधिकारीहरुको सम्पत्ति छानविन र यिनीहरुलाई जेलको हावा नखुवाएसम्म सुनचाँदी क्षेत्रको भविष्य अन्योल देखिन्छ ।
नरेन्द्रकुमार गुप्ताले सुरु गर्नुभएको आन्दोलनलाई आम साना व्यवसायीहरुले साथ दिन जरुरी छ । महासंघ भित्रका इमान्दार पदाधिकारी पनि छन् उनीहरु पनि गुप्ता आवाजलाई साथ दिन खुल्लारुपमा आउन जरुरी रहेको छ । पछिल्लो समय प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले तस्कर र भ्रष्टहरुलाई धमाधम कारवाही गरीरहेको अवस्थामा महासंघ भित्रका सुन माफिया र तस्करहरुलाई पनि कारवाही गरि सम्पत्ति छानविन गरी सजाय दिलाउन सव एक जुट हुन आवश्यक छ । घरेलुमा,नगरमा,कम्पनी रजिष्टारमा सुन व्यवसाय दर्ता छ अव संघ र महासंघमा दर्ता गर्न जरुरी छैन । यति विघ्न निकायमा दर्ता भइसके पछि राज्यले सिण्डिकेटधारी खराव पदाधिकारी मार्फत हैन खुल्लारुपमा सुन किन्न पाउने व्यवस्था लागु गर्नुपर्छ या सुनको दुरुपयोग नहुने ढंगबाट आम व्यवसायको पँहुचमा सुन पुराउनुपर्छ । सवै साना व्यवसायीहरुमा अव एक पटक वोल्नुपर्ने र सडकमा आउनुपर्ने स्थिती देखिएको छ एक जुट बनौ संघ र महासंघ भित्रको माफिया र खरा पदाधिकारीहरुको सफाया गरी मर्यादित र नीति नियम सहितको सुनचाँदी बजारको विकास गर्न लागौं ।

लेखकः आभूषण मिडियाको निर्देशक हुनुहुन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्