विपिन माथि आक्रमण प्रयास गर्ने धर्मसुन्दरलाई कारवाहीको माग,महासंघ भित्र दादागिरीलबढेकोमा चिन्ता

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एंवम अध्यक्षका प्रत्यासी विपिन रामुदामुमाथि वैठकस्थलमै आक्रमणमा उत्रिएका महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यलाई कारवाही गर्नुपर्ने माग बढेको छ ।
महासंघको यहि जेठ २४ गते आयोजित वैठकमा जिल्ला नगर संघको प्रतिनिधिमा उत्पन्न विवादको विषयमा उपाध्यक्ष विपिन रामुदामुले विचार राख्ने क्रममा विवाद उत्पन्न हुँदा सामान्य टकराव उत्पन्न भएको थियो । सोही क्रममा महासचिव धर्मसुन्दर बज्रचार्यले एक्कासी आफु बसेको कुर्सीबाट उठेर रामुदामुमाथि एक्कासी आक्रमक शैलीमा हातपात गर्ने स्वरुपमा झम्टीएको वैठकमा सहभागी प्रत्यक्षदर्शी पदाधिकारीले बताएका छन् ।
महासचिव धर्मसुन्दर बज्रचार्यले अभद्रशैलीमा पदिय मर्यादा समेत भुलेर वैठकमा त्यसरी प्रस्तुत हुनुले सभाको गरिमामय विथोलिुनका साथै सवै स्तब्ध भएको एक वरिष्ठ पदाधिकारीले आभूषण बजार पत्रिकालाई बताउनुभयो ।
यसैवीच नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष मोहनकाजी शाक्यले विपिन रामुदामुमाथि आक्रमणको प्रयास दूर्भाग्य र गलत कार्य भएको बताउनुभएको छ । महासंघका निवर्तमान उपाध्यक्ष प्रेमकुमार सेन्चुरीले साह्ै निन्दनीय कार्य भन्दै दुःख लागेको बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका उपाध्यक्ष रविन्द्र पन्थीले फरक विचारकै आधारमा उच्च पदस्थ व्यक्तिबाट नीच व्यवहार देखाउनु दूर्भाग्यपूर्ण भन्दै भत्सर्ना गर्नुभएको छ । व्यवसायीहरु काशी सोनीले पनि धर्मसुन्दरको व्यवहारप्रति भत्सर्ना गर्नुभएको छ । सर्लाही सुनचाँदी व्यवसायी संघका महासचिव कमलेश साहले दादागिरी शैलीमा प्रस्तुत हुनु अराजकता भएको भन्दै भत्र्सना गर्नुभएको छ । गाईघाटका व्यवसायी सतिस सोनीले महासंघमा मात्र होइन जिल्ला जिल्लामा यस्तो भेदभावको अवस्था रहेको बताउनुभयो । रामधुनी सुनचाँदी व्यवसायी संघको फेसबुक पेजमा समेत यस्तो वेथितीको अन्त्य गर्न जरुरी रहेको कमेन्ट गरिएको छ ।
महासंघका केन्द्रिय सदस्य भिम सदाशंकरले समेत महासचिव धर्मसुन्दरबाट आपत्तीजनक कार्य भएको भन्दैं दादागिरीको पराकाष्ठा भएको बताउनुभयो ।
यसैबीच यता नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतमले भने विपिन रामुदामुलाई निहुँ खोज्दै हिड्ने बानी सुधार गर्नुप¥यो भन्दैं हल्का रुपमा लिएर मजाकको रुपमा कमेन्ट गरेको भन्दैं व्यवसायीहरुले आपत्ती जनाएका छन् ।
यसैबीच विपिन रामुदामु माथि भएको अभद्र व्यवहार र आक्रमण प्रयासलाई सामान्यरुपमा नलिन भन्दैं छानविन गरी आवश्यक कारवाही गर्नुपर्ने व्यवसायी वृतबाट आवाज उठेको छ ।
यसैवीच नेपाल सुनचाँदी व्यवसायी महासंघमा अराजकता र दादागिरी मौलाएको भन्दैं देशभरका व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । सुनको सिण्डीकेटका कारण यस्तो लडाईको खेल भएको भन्दैं महासंघलाई सुन सिफारिस भन्दा पनि विशुद्ध व्यवसायीको हक अधिकारको सवालमा वकालत गर्ने संस्थाको रुपमा विकास गर्नुपर्ने आवाज उठेको छ । उपत्यका वाहिरका व्यवसायीहरुले पनि महासंघ भित्रको यस्तो किसिमको भौतिक आक्रमणसम्मको प्रयास हुँदा आफुहरु निकै चिन्तित भएको बताए ।
पछिल्लो समय महासंघका उपाध्यक्ष विपिन रामुदामु सुन सिण्डीकेट खारेजी,सुनचाँदी कारोवार ऐन निर्माणको मुद्धा,कालिगढहरुको हकअधिकारका विषय माईतीघरको सडक आन्दोलन देखि सरोकारपक्षसँग आम व्यवसायीको मुद्धा उठाएर सुनचाँदी क्षेत्रले आश गरेको नेतृत्वको रुपमा उदाईरहे र प्रंशसा पाईरहेको अवस्थामा धर्मसुन्दर बज्राचार्यबाट भौतिक आक्रमणको प्रयासले मनोवल गिराउने ढंगबाट आएको हुन सक्ने भन्दै. आम व्यवसायीले आक्रमण प्रयासको कदमको निन्दा र भत्सर्ना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्