नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष राजु धमलाले अहिलेको अवस्थामा सुनचाँदी व्यवसायलाई बचाउन कोटा प्रणाली र खुल्ला रुपमा सुन आयात गर्ने व्यवस्था(ओजेल) दुवै आवश्यक रहेको बताउनुभएको छ ।
आभूषण बजार पत्रिका सँग कुराकानी गर्नुहुँदै महासंघका उपाध्यक्ष धमलाले व्यवसायीले खुल्ला प्रतिस्पर्धाबाट सुन आयात गर्ने भरपर्दो व्यवस्था र नीति नहुँदासम्म कोटा प्रणालीलाई पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । कोटा प्रणाली मात्र भएपनि केही व्यवसायीको मात्र एकाधिकार हुने र ओजेल मात्रै भएपनि एकाधिकार हुने भएकाले सवैलाई सुन पाउने सन्तुलित वातावरण बनाउन हालको दुवै प्रणालीलाई निरन्तरता दिन जोड दिनुपर्ने उपाध्यक्ष धमलाले बताउनुभयो ।
वैंकले सुन धितो राख्न कर्मचारी राखेजस्तै गरी प्रदेश प्रदेशमा सुन विक्री गर्न पनि वैंकले कर्मचारीको व्यवस्थापन गरेर कति आवश्यक पर्छ दिनुपर्ने र निजी क्षेत्रबाट पनि खपतको आधार हेरेर सुन किन्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने उपाध्यक्ष धमलाको जोड छ । सुन वितरण प्रणालीमा कसैको दादागिरी हुन नहुने उपाध्यक्ष धमलाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्