अपमानको विष पिएर संघको इतिहाँस र विरासत जोगाउने महेन्द्ररत्न शाक्य

यतिबेला सुनचाँदी बजारमा महेन्द्ररत्न शाक्यको कानुनी संघर्ष,कुटनीतिक,चतुरता लगनशिल नेतृत्वदायी खुबीको चर्चा चलिरहेको छ । आखिर को हुन् त चौतर्फी आक्रमणबाट कोमामा पुराईएको नेपाल सुनचाँदी व्यवसायी संघलाई फेरी बचाएर पुर्नजीवन दिलाउन सफल महेन्द्ररत्न शाक्य ।
गहना व्यवसाय महेन्द्ररत्न शाक्यको पुर्खौली पेशा हो । उहाँको पुर्खौली भक्तपुरको इनाचो टोलको बासिन्दा हुनुहुन्छ । वि.स. १९९० सालको महाभुकम्प र त्यसपछिको महामारी हैजाबाट धेरै पारिवारिक सदस्यहरुको मृत्यु भएपश्चात काठमाडौंमा बसाई सरेर शाक्यको पिताले व्यवसाय सुरु गर्नुभएको हो । बाजे बुद्धिमान र बुबा सूर्यबहादुर शाक्य उहाँको पुर्खौली पेशाका सर्जक र अभिभावक हुनुहुन्छ ।
बाजे बुबानै यस पेशाका पुजनीय प्रेरणा भएकाले महेन्द्ररत्न शाक्य आफ्नो गहना पसलको नाम पनि स्व.बुबा सूर्यबहादुर शाक्यकै नामबाट नामकरण गर्नुभएको छ । अभिभावकले बनाएको जगलाई अझ बलियो बनाउदै यस पेशालाई अझ अगाडि बढाउन उहाँको परिवार उद्यत रहेको छ ।
सामाजिक तथा धार्मिक गतिविधीमा समेत सक्रिय शाक्य सहिद सुरज क्लवका अध्यक्ष,श्री नेपाल बज्रयानी महाबिहार निर्माण समितिका सदस्य,धर्मचक्र महाविहार र इन्द्रवर्त महाबिहार बाद्यबादन गुरु हुनुहुन्छ । व्यवस्थापन शिक्षामा स्नाकोत्तर शाक्य शैक्षिक हिसावबाट पनि अब्वल हुुनुहुन्छ । शाक्यले वि.स.२०४५ सालमा मेची देखि महाकाली सम्मका ग्रामीण क्षेत्रका साथै २०५० सालमा प्रशिक्षार्थी विद्यार्थीका रुपमा भारतका उत्तरी राज्य देखि दक्षिण कन्या कुमारीसम्मको अध्ययन भ्रमण गर्नुभएको छ ।
सुनचाँदी क्षेत्रमा महेन्द्ररत्न शाक्य २०४७ सालदेखि प्रत्यक्षरुपमा लाग्नुभएको हो । वि.स.२०५६ सालमा तत्कालिन प्रधान कार्यालयका रुपमा संचालित नेपाल सुनचाँदी व्यवसायी संघ, बांगेमुढाको निर्वाचनमा सर्वसम्मतरुपमा संघको कार्यसमिति सदस्यको रुपमा उहाँ प्रवेश गर्नुभएको थियो । त्यसपछि संघको केन्द्रीय अवधारणा र विभिन्न शाखाहरु खोल्ने योजना अनुरुप काठमाडौंमा समेत शाखा खोल्ने विशेष जिम्मेवारी लिदैं काठमाडौं शाखाको सचिव र सहसचिवको रुपमा ११ वर्ष आफ्नो जिम्मेवार बहन गर्नुभयो । प्रारम्भमा शाखालाई संस्थागत, सुशासन,कर्मचारी नियमावली,सदस्य कल्याण योजना,भवन निर्माण लगायतका काममा शाक्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल सुनचाँदी व्यवसायी संघ काठमाडौं शाखाको भने उहाँ २०६८ साल देखि अध्यक्षको रुपमा क्रियासिल भएर संस्थागत विकासमा लाग्नुभएको थियो ।
रत्न आभूषण संघ गठन हुनासाथ नै २०६० सालमा काठमाडौं संघबाट पत्राचार गरी सहकार्यको लागि शाक्यले पहिलोपटक प्रस्ताव गर्नुभएको थियो । यद्यपी मुद्धा र ऐजेण्डाको हिसावमा सहकार्य भएता पनि सवै एउटै संस्थामा आउने वातावरण भने अहिलेसम्म बन्न सकेको छैन ।
नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्र यतिबेला महासंघलाई जन्माउने मुख्य संस्थापक संस्थाको रुपमा यसको इतिहाँस रहेको छ । २०४४ साल संघ स्थापाना गरी देशभरका शाखा कार्यालयहरु विस्तार गरिएको थियो । पछि २०७० सालपछि महासंघ निर्माणको केही समयपछि विभिन्न नेतृत्वले संस्थाको अस्तित्वलाई नामेट पार्न खारेजको निर्णय समेत गरिएको थियो । यद्यपी देशभरको सुनचाँदीको इतिहाँस र विरासत बोकेको यो संस्थालाई मार्ने षडयन्त्रले संस्थालाई नेतृत्व दिएका पुराना दिग्गजहरुलाई समेत नमिठो ढंगबाट मनमा काँडा विझेको थियो ।
यहि काँडालाई ११ वर्षको अन्तररालपछि महेन्द्ररत्न शाक्यको अनवरत कानुनी लडाई,चट्टानी अडान र कुटनीतिक लगनको कार्यकुशलताले संघको विरासतलाई जोगाएको छ । नेपाल सुनचाँदी व्यवसायी संघसँग अहिले पनि देशभरबाट दुईहजार वढी सदस्यहरु जोडिएका छन् । संघको अध्यक्षता सम्हालिरहनुभएका शाक्यले अहिले संघको नविकरणको कार्य धमाधम भइरहेको बताउनुहुन्छ ।
राष्ट्र वैंकको सुन सिफारिसको कानुनी अधिकारको परिपत्रलाई पनि संघले हालसालैबाट कार्यान्वयनमा ल्याएको छ । परिपत्र बमोजिमनै निशुल्क सुन सिफारिसको कार्यलाई पनि अघी बढाएको छ । एक खेपमा ३० केजी भन्दा बढी सुन उठाउने अधिकार ३७ वर्षको इतिहाँस र विरासत भएको नेपाल सुनचाँदी व्यवसायी संघले पाएको छ । महासंघले लगेको यो अधिकारलाई फेरी कानुनी रुपमा संघमा ल्याउनको लागि महेन्द्ररत्न शाक्य र टिमले लडाई निकै चुनौतीपूर्ण रहेको थियो । अपमानको विष पिएर,धारे हात सहेर पनि पुराना पुस्ताको इतिहाँस जोडिएको नेपाल सुनचाँदी व्यवसायी संघलाई जोगाउन महेन्द्ररत्न शाक्य सफल हुनुभएको छ ।
देशभरका दुई हजार वढी आफ्ना सदस्यहरुलाई इतिहाँसको सम्मान गर्ने र सेवा दिने ढंगबाट काम गर्ने शाक्य बताउनुहुन्छ । षडयन्त्रबाट कोमामा राखेर चिहानमा लैजान ठिक्क पारिएको नेपाल सुनचाँदी व्यवसायी संघलाई पुर्नजीवन दिन महेन्द्ररत्न शाक्यले अपमानकै विष पिएर पनि महत्वपूर्ण रुपमा खेलेको भूमिकाको अहिले सुनचाँदी व्यवसायमा जगतमा प्रशंसा हुन थालेको छ । अव यो संघले पुरानालाई सम्मान र नयाँलाई कसरी समेटेर सुनचाँदी क्षेत्रलाई समयसापेक्ष र वैज्ञानिक ढंगबाट अगाडि बढाउछ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्