सुन सुखको गहना दुःखको खजना यो नेपाली युक्ती यतिबेला नेपाली वैज्ञानिक महाविर पुनको जीवन सँग मेल खाएको छ । धरानकी एक नारीले किताव वेच्दै हिडेका वैज्ञानिक महावीर पुनलाई आफुले लगाउँदै आएको कानको बटारे रिङ दिएर सहयोग गरेकी छिन् । सुन विलासिताको वस्तु भनिदै आएपनि वैज्ञानिक पुनले वीरगन्ज कृषि औजार कारखानाको लागि भन्दै सहयोग दिएपछि ६ आना तौलको रिङ वैज्ञानिक पुनले सहर्ष स्विकार गरेका हुन् । धनका धनीहरु मनका गरिव हुन्छन् तर गरिवहरु पनि मनका धनि हुन्छन् भन्ने कुरा यस घटनाले पुष्टी गरेको छ । कृषि औजार कारखानाको भिडियोहरु हेरेपछि सहयोगी भावले उनी राई थरको महिलाले आफुलाई करिव ६२ हजार मूल्य पर्ने सुनको मुन्द्रा दिएको पुनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्