सुनको भाउमा अहिलेसम्मकै रेकर्ड , सुन १२ सयले बढ्यो

आज मिति २०८१ साल चैत महिनाको २१ गते सुनको भाउले अहिलेसम्मकै रेकर्ड कायम गरेको छ । विहिवार सुनको भाउ अहिलेसम्मकै बढी १ लाख ८० हजार ३ सय कायम भएको हो । बुधवार भन्दा तोलामा १२ सयले बढेपछि सुनको भाउ अहिलेसम्मकै उच्च भएको हो । बुधवार भने सुनको भाउ तोलामा १ लाख ७९ हजार १ सयमा कारोवार भएको थियो ।

विहिवार चाँदीको मूल्य भने २५ रुपैयाले घटेको छ । विहिवार चाँदी तोलामा १९ सय ९५ भाउ कायम भएको छ । वुधवार चाँदी तोलाको २ हजार २० रुपैयाँमा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्