सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रवार सुनको भाउ तोलाको १ लाख ८५ हजार कायम हुँदै अहिलेसम्मकै रेकर्ड व्रेक गरेको हो । विहिवारको तुलनामा सुन एकैपटक तोलामा ३ हजार ९ सय बढेको हो । विहिवार सुन तोलाको १ लाख ८१ हजार १ सयमा कारोवार भएको थियो ।
चाँदीको मूल्य भने सामान्य बढेको छ । शुक्रवार चाँदीको मूल्य तोलामा १९ सय ५ रुपैया कायम भएको छ । विहिवार भन्दा चाँदी पाँच रुपैया वढेको हो ।
अमेरिकी राष्ट्रपतिको भन्सार नीतिका कारण सुनमा लगानी ह्वातै बढेपछि सुनको मूल्य एक्कासी बढेको हो ।
प्रतिक्रिया दिनुहोस्