सुन व्यवसायी राजन भुजेलको सालौजो गित‘शिरमा फुलै माया’ चर्चामा

काठमाडौं । वरिष्ठ सुन व्यवसायी तथा राष्ट्रिय लोक गायक राजन भूजेल विश्वकर्माले गायन क्षेत्रमा एक पछि अर्को गर्दै सफल गीतहरु प्रस्तुत गर्दै आउनुभएको छ । नेपाली साँगतिक क्षेत्र दजर्नौ गीत दिइसक्नुभएका भूजेलको पछिल्लो समय सार्वजनिक भएको सालैजो गीत “शिरमा फुलै माया” ले पनि दर्शक तथा श्रोताहरुको ध्यान तान्न सफल भएको छ ।
राजन भूजेलको शब्द,संगीत रहेको गीतमा स्वर समेत उहाँले नै भर्नुभएकोे छ । गीतमा चर्चीत गायिका देवी घर्ती मगर,जुना श्रीष मगरको स्वर रहेको छ । यस गीतको भिडियोमा बिशाल घिमिरेको निर्देशन रहेको छ भने प्रकाश खड्काको छायांकन, दिपक बिष्टको सम्पादन रहेको ।
म्यूजीक भिडियोमा बिजय पुन, मौसमी राना मगर ,राजन भूजेल अमृता भुजेल लगायतको अभिनय रहेको छ । गीतलाई गलेश्वर म्युजिक सेन्टरको युटुब च्यानलमा हेर्न सकिन्छ । समय सुहाँउदो सवै प्रकृतिका गायनमा अब्बल राजन भूजेल विश्वकर्माले पछिल्लो समय सालौजो गीत ल्याउनुभएको हो ।  गीत तल हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्