कालोबजारी बढेपनि राजीनामा दिन्नः माणिकरत्न शाक्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारमा जति कालोबजारी बढे पनि आफुले पदबाट राजिनामा नदिने बताउनुभएको छ ।

उपभोक्ताले सुनमा जति बढि मूल्य हाल्न पनि तयार भए त्यो कालोबजारी नहुने शाक्यको भनाई छ । सुनको अभाव छ उपभोक्ता जति पनि मूल्य हाल्न तयार छन् यो बजारको नियम हो त्यसकारण आफुले राजिनामा नदिने भन्दै शाक्यले कालोबजारीलाई प्रसय दिनुभएको छ । कालोबजारी झन बढ्दै गएपछि व्यवसायीहरुले राजिनामा माग गरेपछि अध्यक्ष शाक्यको यस्तो भनाई बाहिर आएको हो ।

सुनको मूल्यमा इतिहाँसमै तोलामा ४ हजार देखि ४५ सम्म बढी मूल्यमा कालोबजारी भएपछि महासंघ आलोचित बन्दै आएको छ । तपाईहरु तै चुप मै चुपमा कालोबजारी  गर्दै हुनुहुन्छ ? भन्ने प्रश्न गर्दा उल्टो महासंघका अध्यक्ष शाक्यले प्रमाण जुटाएर आउन चुनौति दिनुभएको छ । पछिल्लो समय महासंघका अध्यक्ष शाक्यलाई उहाँको पछिल्लो क्रियाकलापले कालोबजारीयाहरुसँग साँठगाठ गर्ने र साना व्यवसायीहरुको भविप्यलाई विजोग बनाउने अध्यक्षको रुपमा सवैले चित्रण गर्न थालेका छन् । महासंघका युवा अध्यक्ष माणिकरत्न शाक्यबाट उहाँबाट व्यवसायीहरुले पाउने भरोसा टुट्न थालेको छ । साथै कोटा बढे पनि कालोबजारी यथावत रहे आफुले कुनै हालतमा राजिनामा नदिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्