नारायणगढ । यूवा व्यवसायी तथा समाजसेवी विपिन रामुदामु नेपाली काँग्रेसको तर्फबाट प्रत्यक्ष तर्फबाट सांसद उम्मेदवारको लागि सिफारिस हुनुभएको छ ।
काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहनुभएका रामुदामुलाई काँग्रेसले चितवन क्षेत्र नम्बर–२ वाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि सिफारिस गरिएको हो । लामो समय नेपाली काँग्रेसमा रहेर राजनीति गरेर व्यवसायिक हकहितको लागि पैरवी गर्दै आईरहनुभएका रामुदामुले काँग्रेसले विश्वास गरेर चितवन क्षेत्र नम्बर–२ बाट सांसदको उम्मेदवार सिफारिस गरेकोमा खुशी व्यक्त गर्नुभयो । काँग्रेसमा रहेर वर्गीय र व्यवसायिक हकहितमा देखाएको सक्रियतालाई पार्टीले मूल्यांकन गरेको वताइएको छ ।
को हुन विपिन रामुदामु ?
नेपालको सुनचाँदी बजारको विकास र रुपान्तरण नयाँपुस्ताको तर्फबाट योगदान र अनुभव बाड्दै आउनुभएका व्यक्ति मध्ये विपिन रामुदामु पनि एक हुनुहुन्छ । वि.स.२०३२ साल असोज २९ गते माता सिरु रामुदामु र पिता इश्वरीलाल रामुदामुको कोखबाट जन्मनुभएका रामुदामुले पुर्खौली पेशाको रुपमा रहेको सुनचाँदीलाई अझ परिमार्जन र परिस्कृत गर्दै व्यवसायिक बनाउन युवापुस्ताको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँको चितवनको नारायणगढमा रहेको जय सन्तोषी माँ सुनचाँदी पसल नामक व्यवसायिक फर्म व्राण्डकै रुप स्थापित भएको छ । विभिन्न सामाजिक संघ संस्थामा रहेर समेत रामुदामुले समाजसेवाको भूमिका निर्वाह गर्दै आइरहनुभएको छ । विश्वकर्मा वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत रहनुभएका विपिन रामुदामु एक सफल सहकारी नेतृत्वकर्ताको रुपमा समेत चिनिनुहुन्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको निर्वतमान उपाध्यक्ष समेत रहनुभएका रामुदामुको दुर दुराजका व्यवसायीहरुलाई सांगठनिक रुपमा महासंघमा आवद्ध गराउन महत्वपूर्ण भूमिका रहेको छ भने व्यवसायी तथा कालिगढहरुलाई परेको समस्यामा पहिलो पंक्तीमा रहेर न्याय दिलाउन खटिने सक्रिय यूवाको रुपमा चिरपरिचित हुनुहुन्छ ।
पछिल्लो समय रामुदामुले नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति गठन गरेर व्यवसायीको हकहितको सवालमा लडाई लडर्दै आइरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्