काठमाडौं सुनचाँदी व्यवसायी संघले माघ २३ गते सुनचाँदी शिक्षालयको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीको वाहुलीबाट तालिम केन्द्र भवनको शिलन्यास गरेको छ । विशेष पूजाआजा सहित शिलन्यास गरिएको भवनको निर्माण कार्य सुरु भएपछि व्यवसायीहरुमा उत्साह थपिएको छ । प्रस्तुत छ यसैविषयमा काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यसँग गरिएको कुराकानीको अंश ।
सुनचाँदीका विविध विषयमा तालिम दिने उद्देश्यका साथ भवनको शिलन्यास सुरु भएको छ के भन्नुहुन्छ ?
हो हामीले सुनचाँदी क्षेत्रको विशेष शिक्षालय हुनुपर्छ भन्ने उद्देश्यका साथ जुन गुरुयोजना बनाएका थियौं त्यसलाई पुरा गर्ने अभिभारा थपिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य,उपमेयर हरिप्रभा खड्की,विशिष्ट सुनचाँदी व्यवसायीहरुको उपस्थितीमा हामीले शिलन्यास गरेका र्छौ । जसबाट हामीमा थप उर्जा र हौषला मिलेको छ । अवको छ महिनापछि शिक्षालयका सम्पूर्ण कार्यलाई अघि बढाउने ढंगबाट कार्यक्रमको डिजाईन बनाएर अघि बढ्र्छौ ।
तपाईहरुले स्थापाना गर्नुभएको यो तालिम केन्द्र कस्तो किसिमको हो ?
यो सुनचाँदी रत्न पत्थर सम्बन्धी एक सामुदायिकतामा आधारित शिक्षालय हो । यसमा हामी दुईवटा पाटोलाई जोडि दिन्र्छौ प्राविधिक ज्ञान र व्यवसायिक शिक्षालाई । प्राविधिकमा कालिगढी सिप र प्रविधिको कुरा हुन्छ भने व्यवसायिक शिक्षामा हामी सुनचाँदी शोरुमको लागि आवश्यक पर्ने एकाउन्टेन्ट,मार्केटिङ,सेल्सका पाटोहरुको लागि आवश्यक शिक्षा प्रदान गर्नेर्छौ । नेपाली गहनाबजारलाई अन्र्तराष्टिूयस्तरमा निर्यात र मेनपावरलाई समेत सक्षम बनाउन युरोप,अमेरिका,दुवई,भारतबाट समेत विज्ञहरुलाई बोलाएर आवश्यक शिक्षा विद्यार्थीलाई प्रदान गर्ने र यहाँको अनुभव पनि उनीहरुलाई सिकाउने हिसावबाट कार्य अघि बढाइनेछ । त्यसको लागि आवश्यक विदेशी मेनपावरहरुसँग समन्वयका लागि गृहकार्य भइरहेको छ । दाताहरुले पनि तालिम सिक्ने कक्षहरु आफै निर्माण गरेर दिदै हुनुहुन्छ हामी थप उत्साहित र्छौ ।
महासंघ अन्र्तगतनै नेगोसिडा प्रशिक्षण केन्द्र थियो त्यसलाई निरन्तरता दिन सकिन्थेन र ?
नेगोसिडा प्रशिक्षण केन्द्र पनि कालिगढहरुको उत्पादन र सिप विकासलाई मध्नजर गरेर खोलिएको थियो । तर उक्त केन्द्र सिमित दायरामा बस्दा अहिलेको आधुनिक बजारको विकासँगै यसले फड्को मार्न सकेन । उक्त केन्द्रलाई संचालन गर्ने बलियो आधार पनि बन्न सकेन । क्लासहरु रेगुलर भएन भने व्यवसायिकरुपमा पनि चलेन । नेपाल सरकार र जर्मनबाट पनि सहयोग नभएको होइन तर नयाँ सोच नहुँदा बन्द हुने अवस्थामा पुग्यो । अव हामीले नयाँ सोच र आवश्यक संरचना बनाएर युवाहरुको सक्रियतामा यसलाई अघि बढाउनुपर्छ भनेर कार्य थालनी गरेका र्छौ । यसमा सवैको साथ सहयोग हुने हामीले विश्वास लिएका र्छौ ।
नयाँ केन्द्रको स्थापनाले सुनचाँदी क्षेत्रको वृत्तिविकासमा कस्तो सहयोग पुराउछ ?
नेपाली सुनचाँदी बजारले विभिन्न कालखण्डमा पटक–पटक विभिन्न समस्या खेप्दै आइरहेको छ । २०७२ सालको भूकम्पमा पनि विदेशी कालिगढको भर पर्नुपर्दा किलो –किलो सुन लिएर केही विदेशी कालिगढहरु विमाननै चढेर वेपत्ता भए । यसबाट पनि हामीले पाठ सिकेर अहिले स्वदेशमै आत्मनिर्भर सिपको विकास गर्नुपर्छ भन्ने हिसावबाट यो कार्यको थालनी गरिएको हो । यो सामुदायिकतामा आधारित सुनचाँदी पेशालाई प्रवद्र्धन गर्ने स्वच्छ विचारबाट स्थापाना गरिएको योजना हो ।
यसमा लगानीको आधारहरु कसरी तयार पार्नुभएको छ ?
खासगरी यो केन्द्रमा हामीले ५१ प्रतिशत सुनचाँदी व्यवसायिक क्षेत्रबाट लगानी हुनेछ भने कालिगढबाट १० प्रतिशत,कर्मचारीबाट ५ प्रतिशत,बुद्धिजीवीहरुबाट ५ प्रतिशत र प्राविधिक शिक्षालयबाट ४ प्रतिशत तोकेका र्छौ । काठमाडौं महानगरपालिकाले पनि विभिन्न प्राविधिक सामानहरु प्रदान गरेर सहयोग गर्ने प्रतिवद्धता आएको छ । भवन निर्माणको लागि अहिले हामीले १ करोड ७ लाखको बजेट छुट्टाएका र्छौ ।सवैभन्दा बढी फोकस हामीले महिलालाई गरेका र्छौ त्यसपछि पुरुष र अपाङगता भएका हाम्रो प्राथमिकतामा पर्नेछन् । सुरुवाती चरणमा हामी प्रदेश नम्बर ३ लाईनै फोकस गर्नेर्छौ । प्रदेश नम्बर तीनबाट सवै वर्ग समुदायलाई हामी समेटेर अघि बढ्र्छौ । हामी यत्ति कुरामा सचेत र्छौ भोली हामीले प्रदान गर्ने सिप ज्ञान र प्रमाणपत्रको जति सक्दो धेरै भ्यालुहोस् र यसले आयआर्जन रोजगारीको क्षेत्रमा टेवा पुराओस । भावि दिनमा हामी ७ वटै प्रदेशमा युवा परिचालन गरी जागरण पैदा गरी हाम्रो उद्देश्यलाई अघि बढाउर्छौ । सुनचाँदीको अभाव गराएर कालोबजारी गर्ने पप्पु जस्ता ठेकेदारहरुलाई हामीले यस अभियानमा प्रवेश निषेध गर्दर्छौ ।
प्रतिक्रिया दिनुहोस्