“मर्ने कसैलाई रहर हुँदैन,तर नमरेको प्रहर हुँदै, भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नर्मर्ने शहर हुँदैन ।” नाई नभन्नु ल फिल्मको पर्दामा आएको यो गीतले जो कसैको मन विक्षिप्त हुने गर्दछ । १३ वर्षीया अंकिता वि.क. सेन्चुरीको जीवनमा अहिले यस्तै गीतको हावा हुण्डुरी र आँधिवेहरी चलेको छ । मर्नलाई कसैलाई पनि रहर हुँदैन हो यतिबेला क्यान्सर पिडित बालिका अंकितालाई प्राप्त आर्थिक सहयोग र सद्भावले अबोध कलिलो ओठहरुमा बाँच्ने आशाका लहरहरु पलाएको छ ।
मधुपुरी चितवनका इश्वर वि.क. सुनचाँदी कालिगढ हुन् बागलुङ बेनीमा बसेर सुनचाँदी काम गर्दै आइरहेका थिए, घरमा श्रीमती ऋतुले परिवार सम्हालेर अघि बढाईरहेकीनै थिइन अकस्मात यो परिवारमा दैवको व्रजपात आइलाग्यो । कम्जोर आर्थिक अवस्था भएको यो परिवार मेहनत र दुःखज्यालो गरेर चल्दै आइरहेको थियो तर जव १३ वर्षीया छोरी अंकीतामा रक्त क्यान्सर भएको थाहा लाग्यो परिवारका सवै खुशीहरुमा यतिबेला ग्रहण लागेको छ । छोरी अंकीताको पिडामा परिवार आशुको आहालमा डुवेको छ ।
कलिलो उमेरकी अंकीतालाई बचाउन तपाई हामी सवैले मनभित्रको मन्दिरको देवतालाई जगाउनुपर्ने बेला आएको छ । यतिबेला क्यान्सर पिडित बालिका अंकीता विपि मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ । बालिकालाई बचाउन विभिन्न ठाउँबाट रकम संकलन गर्ने क्रम भइरहेको छ र सोही रकमबाट उपचार पनि भइरहेको छ ।
आवश्यक रकम जुटाउन सकेको खण्डमा बालिकाले मृत्युलाई जितेर संसारमा सुन्दर सपनाहरु बुन्न पाउनेछिन् । यस्तो संकट भोली जो कसैलाई पनि पर्न सक्छ यि अवोध बालिकाको ज्यान बचाउन आजै देखि सवै लागि परौं । तपाई हाम्रो थोरै सहयोगले बालिकालाई बचाउन सकेको खण्डमा चारधाम यात्रा र मन्दिरमा पूजा भन्दा ठूलो पूण्यप्राप्ती र सन्तुष्टी मिल्नेछ । बालिका सहयोगको लागि निम्न व्यक्तिसँग समन्वयकोलागि अनुरोध गरिन्छ । साथै देश तथा विदेशबाट गोल्बल आइएमई बैकको खाता नम्बर १८०७०१०००४४७१ मा पनि पैसा जम्मा गर्न सक्नुहुनेछ ।
नारायणगढ चितवन लागि जितु लाम्गादे ९८४५०५१३१५
रुपन्देही भैरहवा लागि रेशम लाम्गादे ९८४७५१०५९७
श्री रामदाम कल्याण केन्द्र,काठमाडौं ०१–४०२११००,९८२१८८९९६८
पोखराका लागि भिम सेन्चुरी ९८५६०३९२५९
आभूषण बजार पत्रिका काठमाडौं ०१–४०२११००
प्रतिक्रिया दिनुहोस्