सुनचाँदी प्रदेश–२ मा शिवकुमार सर्राफ प्यानलको पल्लाभारी ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर–२ मा यहि असोज १२ गते हुने निर्वाचनको लागि शिवकुमार सर्राफको प्यानलको पल्लाभारी हुने चुनावी अंकगणितिय आंकलन गरिएको छ ।

अन्तिम अवस्था सम्म सहमतिको लागि संवाद गरिएता पनि प्रदेश अध्यक्षको लागि रामजी साहले आफ्नो प्यानलको घोषणा गरेपछि अत्यक्षका अर्का प्रत्यासी शिवकुमार सर्राफले समेत सोमवार कोरोना विरुद्ध सावधानी अपनाउदै जानकी मन्दिर,जनकपुरको खुल्ला प्रांगण सोमवार भारी समर्थनकर्ताहरु सँगै प्यानल र चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो । व्यवस्थित कर,भयमुक्त व्यापार भनेर मूल नारा सहित अध्यक्षका प्रत्यासी सर्राफले आफ्नो प्यानलको घोषणा गर्नुभएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश–२ को अध्यक्षको उम्मेद्वारमा शिवकुमार सर्राफ सहित उपाध्यक्षमा प्रवेशकुमार सर्राफ,अर्का उपाध्यक्षमा वसन्त साह,सचिवमा विनोद भण्डारी,सहसचिवमा अमित गुप्ता,कोषाध्यक्षमा कमलेश साह र सहकोषाध्यक्षमा भगवान साह सहितको प्यानल घोषणा गरिएको छ ।

शिवकुमार सर्राफलाई पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष निरजकुमार सर्राफ,नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय प्रवक्ता तथा महोत्तरी जिल्ला संघका अध्यक्ष मनोजकुमार साह,केन्द्रिय सदस्य बद्रे आलम अन्सारी,सप्तरी जिल्ला अध्यक्ष राजेस साह,सुनचाँदी लहान नगरका अध्यक्ष श्यामकुमार साह र बारा सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष हरिओम साह सोनारले पूर्ण साथ दिएकाले चुनावी तालमेलको हिसावबाट शिवकुमार सर्राफको टिम बलियो बनेको विश्लेषण गरिएको छ ।

प्रदेश नम्बर दुईमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय प्रवक्ता मनोजकुमार साह लगायतका समर्थनकर्ताहरुको बलियो दबदबा रहेकाले चुनावी नतिजा शिवकुमार सर्राफको पोल्टामा जाने व्यवसायीहरुको विश्लेषण रहेको छ ।

अध्यक्षका प्रत्यासी शिवकुमार सर्राफलाई  पनि व्यवसायीको हितमा डटेर लाग्ने उम्मेद्वारको रुपमा लिइन्छ । कुरा भन्दा काममा विश्वास गर्ने सर्राफ कुनै व्यवसायीहरुलाई कानुनी अल्झन भएको खण्डमा समेत प्रहरी देखि प्रशासनमा मनदेखिनै खटेर व्यवसायीको हितका पक्षमा काम गर्ने व्यक्तिको रुपमा छवि रहेको छ ।

उपाध्यक्षका उम्मेद्वार प्रवेशकुमार सर्राफलाई इमान्दार र शालिन व्यवसायीको पक्षको हितमा काम गर्ने व्यक्तिको रुपमा रहेकाले पनि व्यवसायीहरुको राम्रो साथ रहेको छ । अर्का उपाध्यक्ष बसन्त साह पनि खुबीवाला उम्मेद्वारको रुपमा रहेका छन् ।

सचिवका उम्मेद्वार विनोद भण्डारीलाई पनि समावेशी हिसावबाट र विश्वकर्माहरुसँग समेत साथ लिन सक्ने खुवीवाला उम्मेद्वारको रुपमा हेरिन्छ । यसैगरी कमलेश साह पनि व्यवसायीका हितका पक्षमा विचार अभिव्यक्त गर्न सक्ने,इमान्दार ढंगबाट काम गर्न सक्ने स्वच्छ छविको व्यवसायीको रुपमा लिने गरीन्छ । सह–सचिवका उम्मेद्वार अमित गुप्ता र सहकोषाध्यक्ष भगवान साह समेत प्रदेश नम्बर –२ मा बलियो प्रभाव जमाएर बसेका व्यवसायीको रुपमा चिनिन्छन् ।  प्रतिनिधिहरुको आफुलाई बलियो साथ रहेकाले आफ्नो प्यानलको जीत सुनिश्चित रहेको अध्यक्षका प्रत्यासी शिवकुमार सर्राफले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्