गोलबजार उवासंघको अध्यक्षमा अग्रवाल विजयी

Bharat Agrawal

सिरहाको गोलबजार उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको लागि भएको चुनावमा महासचिव बाहेकका पदमा भरत अग्रवालको प्यानल विजयी भएका छन् । अध्यक्ष पदमा अग्रवालले ९ सय ९८ मत प्राप्त गरेर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी जीबछ साहले ५ सय ७२ मत प्राप्त गरे । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रिय सदस्य समेत रहनुभएका अग्रवाल महासंघबाट आशा गरेका युवा व्यवसायी हुनुहन्छ । सिरहा सुनचाँदी व्यवसायी संघको अध्यक्ष समेत रहनुभएका साहको नेतृत्वले आगामी दिनमा सुनचाँदी बजारको विकासमा थप कार्यहरु गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्