बराईली पुन शिल्पको अध्यक्षमा चयन,महासचिवमा कृष्ण पोर्तेललाई समर्थन

माघ । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको अध्यक्षमा पुन टंक बराईली चयन हुनुभएको छ । विहिवार राती अवेरसम्म भएको वैठक पश्चात प्रथम उपाध्यक्षमा अर्जून विश्वकर्मा,द्धितिय उपाध्यक्षमा तिलक विश्वकर्मा,तृतिय उपाध्यक्षमा अमरबहादुर लामिछाने,सचिवमा युक्त विश्वकर्मा,कोषाध्यक्षमा केशब सुनार र सहसचिवमा तारा विश्वकर्मा सर्वसम्मत हुनुभएको छ । यसैगरी सदस्यहरु पनि सर्वसम्मत भएको छ । महासचिवमा भने कृष्ण पोर्तेल र किरणदेव सिलवाल वीच मतदान हुने भएको छ ।

यसैवीच सर्वसम्मत चयन अध्यक्ष टंक बराईलीले महासचिवमा कृष्ण पोर्तेललाई सर्वसम्मत गर्न खोजिएता पनि प्रयास सफल नभएकाले शनिवार सासा वैन्कुइटमा हुने पाँचौ अधिवेशनमा मतदान हुने बताउनुभयो । शिल्प व्यवसायी संघको विकास र व्यवसायिक हकहितमा पोर्तेलको विगतदेखिनै भूमिका रहेकाले उहाँलाई समर्थन गरेर मतदान गर्न सम्पूर्ण प्रतिनिधिहरुलाई नवचयन अध्यक्ष टंक बराईलीले आग्रह गर्नुभएको छ । व्यवसायिक हकहित कार्यक्रमलाई निरन्तरता दिर्दै सुनचाँदी नीति नियम निर्माणको लागि आगामी दिनमा पनि आफ्नो भूमिका जारी रहने अध्यक्ष बराईलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्