पश्चिम चितवन सुनचाँदीको अधिवेशन सम्पन्न,अध्यक्षमा लालबहादुर विश्वकर्मा

चितवन,चैत । नेपाल सुनचाँदी व्यवसायी संघ,पश्चिम चितवन शाखाको अध्यक्षमा लालबहादुर विश्वकर्माको अध्यक्षतामा सत्र सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

संघको शनिवार  पार्वतिपुरमा सम्पन्न तेस्रो तथा चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा संन्जीप सेन्चुरी,उपाध्यक्षमा राजकुमार  विश्वकर्मा,सचिवमा रेशम लाम्गादे,सह–सचिव सुरज विश्वकर्मा, कोषाध्यक्षमा दिपेन्द्र विश्वकर्मा,सह–कोषाध्यक्षमा मैना सुनार,सदस्यहरुमा आकाश सुनार,विजय वि.क.,मेनुका नेपाली गजमेर,अशोक सुनार,शिव सुनार,विनोद वि.क.,दिपेन्द्र वि.क.,बुद्धिराम वि.क. र दिपक वि.क. सर्वसम्मत चयन हुनभएको छ । सर्वसम्मत हुनुभएका पदाधिकारीहरुलाई शनिवारनै नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जून रसाईलीको उपस्थितीमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष टेकलाल विश्वकर्माले सपथ ग्रहण गराउनुभयो । यसैगरी सो अवसरमा पश्चिम चितवन महिला समुहका पदाधिकारीहरुले पनि सपथग्रहण गरेका छन् । कार्यक्रममा अतिथीहरुमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष विपिन रामुदामु,केन्द्रिय सदस्यहरु चित्रबहादुर खाती, जीवन ज्योति सदाशंकर,ऋतु सेन्चुरी,टुलक विश्वकर्मा,चितवन सुनचाँदी महिला समुहकी अध्यक्ष रुपा बराईली लगायतको उपस्थिती रहेको थियो । रेशम लाम्गादेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल सुनचाँदी महासंघको केन्द्रिय पदाधिकारीमा चयन पदाधिकारी र पत्रकारहरुलाई समेत प्रमाणपत्र सहित मायाँको चिनो दिएर सम्मान गरिएको थियो । कार्यक्रम संघका निर्वतमान अध्यक्ष राजेश विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्