दैनिक उपलब्ध २० केजी सुन उठाउर्छौ ः रमेश महर्जन

काठमाडौं,वैशाख । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले सरकारले दैनिक २० केजी सुनको कोटा यथोचित राखेको अवस्थामा निशेधाज्ञा भएपनि आफ्नो महासंघले माग अनुसारको सुन बैंकबाट उठाउने बताउनुभएको छ ।

आभूषण बजार पत्रिकासँगको कुराकानीमा अध्यक्ष महर्जनले अहिले लगनको समय भएको र राज्यले पनि विवाह लगायतका कार्यक्रम नरोक्ने भनेको अवस्थामा गहना पनि विवाहको लागि आवश्यक वस्तु भएकाले बैंकबाट प्रदान भईरहेको सुन उठाउने र सुनचाँदीको दरभाउ पनि जारी गर्ने बताउनुभयो । अध्यक्ष महर्जनले आफ्नो महासंघले स्वच्छ व्यवसाय,सम्मानीत व्यवसायी नारा सहितको राष्ट्रिय अभियान चलाईरहेकाले यो अवस्था झन सरकारबाट उपलब्ध सुन किनेर सवै व्यवसायी तथा उपभोक्ताले राख्नुपर्ने बेला भएको बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बैंकबाट सुन नउठाउने भन्ने कुरामा आफुले पनि अनलाईन मिडियामा हेरेर थाहा पाएको भन्दैं अध्यक्ष महर्जनले यस विषयमा आफुहरुसँग कुनै छलफल नभएको बताउनुभयो । “सुन नउठाउने कुरा हुँदैन हामी सुन उठाउर्छौ,यहि बेलानै स्वच्छ र सम्मानीत व्यवसाय बनाउन लाग्नुपर्ने महर्जनको भनाई छ । सुन किन्न पाउने व्यवसायी तथा उपभोक्ताको स्वतन्त्र अधिकार भएकाले मिडियामा आए जसरी कसैले पनि बैंकको सुन उठाउदैनौ भनेर भन्नै नमिल्ने अध्यक्ष महर्जनको भनाई छ । अर्को महासंघले सुन उठाउदैनौ भनेर सर्कलुर गर्न कुनै जरुरतनै नभएको उहाँले बताउनुभयो ।

निशेधाज्ञाको बेला पनि विवाह लगायतका कार्यक्रमलाई मध्यनजर गरेर सावधानी सहित हप्तामा कति दिन पसल खोल्न सकिन्छ यस विषयमा कार्यविधि बनाएर सरकारलाई केही दिनमानै सुझाव दिन आफुहरुले पत्र दिन तयारी गरिएको समेत अध्यक्ष महर्जनले बताउनुभयो ।

दैनिक १० केजी सुनको कोटा भएको बेला पुगेन भनेर सुनको कोटा बढाईदेउ भनेर हारगुहार गर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले निशेधाज्ञा सुरु हुन नपाउँदै सुन उठाउदैनौ भनेर मिडियावाजी गर्नुलाई शंकाको रुपमा हेरिएको छ । सिजनको समयमा चार हजार देखि ४५ सय सम्म तोलामा बढी कालोबजारी चलिरहेको वेला एक्कासी निशेधाज्ञा हुने वितिकै सुन उठाउदैनौ भनेर मिडियाबाजी गरिनुले यसअघि एसोसियट सदस्यहरुले र अरु पदाधिकारीहरुले स्टक राखेको सुन बजारमा खपत नहोला भन्ने डरले र कालोबजारी गर्न पाइदैन भन्ने हेतुले बैंकबाट सुन नउठाउने कुरा आएको हुन सक्ने आम व्यवसायीहरुले फेसबुकमा लख काट्दै कमेन्ट गरेका छन् ।

निशेधाज्ञाको समयमा समेत सुन उठाएर व्यवसायी तथा उपभोक्ताको आवश्यकतालाई पुरा गर्ने र अहिले बजारमा देखिएको सुनको अभावलाई हल गर्न पनि दैनिक सरकारले दिदैं आएको २० केजी सुन आफुहरुले उठाउने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको कदमलाई सवैले उचित ठानेका छन् । रत्न आभूषणको यो कदमबाट कालोबजारी हटेर जाने विश्वास लिइएको छ । आफुहरुले बजारमा आवश्यक पर्ने सुनको मागको विषयमा समेत सर्वक्षण गरेको र यो रिपोर्ट आज भोलीमा आउने र कालोबजारी हटाई स्वच्छ र सम्मानीत व्यवसायी बनाउन सहज हुने अध्यक्ष महर्जनले बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्