नयाँ शक्ति रुपन्देहीको संयोजकमा किस्मत विश्वकर्मा

naya-shakti

नयाँ शक्ति पार्टी नेपाल रुपन्देहीको संयोजकमा किस्मत विश्वकर्मा(रामदाम) चयन हुनुभएको छ । मंसीर २७ गते भएको भेलाले विश्वकर्मालाई संयोजकमा चयन गरेको हो । पार्टीका यस अघिका संयोजक विमल गिरी प्रदेश ५ कार्यालयको प्रमुखको जिम्मेवारीमा गएपछि विश्वकर्मा जिल्ला संयोजक हुनुभएको हो । भेलामा बोल्नुहुँदै संयोजक विश्वकर्माले अवको राजनीतिक संघर्ष भनेको विकास र समृद्धि भएकाले सोही अनुसार आफुले कार्ययोजना बनाएर पार्टीलाई बलियो बनाउने बताउनुभयो । विश्वकर्मा सिद्धार्थनगर सुनचाँदी व्यवसायी समितिको सचिव समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्