सुनचाँदी क्षेत्रको बचाउको लागि आन्दोलन, संघर्ष समिति गठन हुँदैःअभियन्ता लाम्गादे

काठमाडौं,साउन । सुनचाँदीको नीति नियम,कानुन निमार्ण,उपत्यका लगायत मोफसलमा सुनको समान र पारदर्शी वितरण,कालोबजारीको अन्त्य लगायतका मूल ऐजेण्डा बनाएर निर्णाक आन्दोलनको लागि तयारी सुरु गरिएको छ ।

सुनचाँदी क्षेत्रका लागि १५ दिनमा बनाउने भनेको  नीति नियम १० वर्ष वितिसक्दा पनि नबनाएर मस्यौदा मन्त्रालयमा लुकाएर राखिएको,कालो बजारी र कच्चा पदार्थको अभावको कारण सुनचाँदी व्यवसायबाट पलायन हुनपर्ने अवस्था आएको तर व्यवसायिक महासंघहरुले यसमा चासो नदिएको भन्दैं निर्णायक आन्दोलनको जरुरी भएको सुनचाँदी क्षेत्रको बचाउ अभियानमा लाग्नुभएका अभियन्ता रेशम लाम्गादेले बताउनुभयो ।

देशभरका व्यवसायीहरुलाई निर्णायक आन्दोलन गर्न संघर्ष समिति बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको र चाडै संगठित भएर अघि बढ्ने सुनचाँदी बचाउ अभियन्ता लाम्गादेले बताउनुभयो । आफु सुनचाँदी क्षेत्रको भविष्य सुनिश्चत गर्नुपर्छ भन्ने अभियानमा लागेकाले देशव्यापीरुपमा बलियो भेला गरेर बलियो शक्ति बनाउने अभियानमा लागेको र परिवर्तन हाम्रै पालामा सम्भव भएको लाम्गादेको भनाई छ । साथै उहाँले एकपटक विश्वासका साथ सवै व्यवसायी तथा कालिगढहरुलाई यो निर्णायक आन्दोलनमा साथ दिए परिवर्तनको आभास गराएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । आन्दोलनको लागि रणनीतिक छलफल साउन १३ गते शनिवार हुनेभएको छ । स्थान र समय निर्धारण विहिवार निर्धारण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्