प्रसाईको अभिव्यक्तिप्रति उवासंघ सिरहाको आपत्ती,व्यापारी चिन्तितःसारडा

लहान, माघ । दुर्गा प्रसाईको गैरजिम्मेवारी अभिव्यक्ति भन्दैं उद्योग बाणिज्य संघ सिरहाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
लाहान १ सिंग्राही स्थित पूर्व पश्चिम राजमार्गको उत्तर छेउमा रहेको बस पार्कमा बैंक वित्तीय कर्जा पीडित ब्यबसायी कल्याण संघ, संघर्ष समितिद्वारा आयोजित कार्यक्रममा मेडिकल ब्यबसायी दुर्गा प्रसाईले नैतिक हिन रूपमा गाली गलौज तवरले अपशब्दको प्रयोग गर्दै उद्योग बाणिज्य संघ सिरहाका अध्यक्ष विकास सारडालाई दुर्गा प्रसाईले लाहनको उद्योग बाणिज्य संघको अध्यक्षलाई घोप्टो पारेर लातीले अहिले हान्नुस् ,गएर कालो मोसो दल्नुस् ू भन्ने जस्ता अशब्दहरुको प्रयोग गरेर सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि लहानको व्यापारीहरुले विरोध जनाएका हुन् । सारडा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ ।
उद्योग बाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले प्रसाईलाई खुल्ला गुण्डाको संज्ञा दिनु भएको छ । उवासंघ सिराहा अध्यक्ष विकास सारडाले संगठन व्यापारीहरुको साझा संगठन रहेको बताउँदै संगठनको पहिलो प्राथमिकता व्यवसायीको हकहित संरक्षण नै रहेको बताउनुभयो । यस संगठनको अध्यक्षको हैसियतले म सदैव व्यवसायीको हित र संरक्षणप्रति प्रतिबद्ध रहेको अवगत गराउन चाहन्छु । साथै मर्यादा विपरित अभिव्यक्ति न सच्याए यो संघर्ष समितिको सल्लाहकार पदवाट अलग हुने अध्यक्ष सारडाले विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ । पत्रकार सम्मेलनमा बोल्ने व्यापारीहरुले प्रसाईलाई गुण्डाका संज्ञा दिदैं लहानमा उनको कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस्