सुनचाँदी कला व्यवसायीका अध्यक्ष रिजाल राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष घनश्याम रिजाल विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
विहिवार सम्पन्न निर्वाचनमा रिजाल बागमतीबाट दलित कलस्टरबाट निर्वाचित हुनुभएको हो । दोलाखा भिमेश्वर नगरपालिका चरिकोटका रिजाल दलित मुक्ति संगठन नेपालका महासचिव समेत हुनुहुन्छ । रिजालले ६ हजार ५ सय १२ मतभार प्राप्त गर्नुभएको छ ।
को हुन घनश्याम रिजाल ?
नेपाल सुनचाँदी कला व्यवसायी संघ दोलखाको अध्यक्ष हुँदै सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियासिल घनश्याम रिजाल हाल नेपाल सुनचाँदी कला व्यवसायी संघको अध्यक्ष समेत हुनुहुन्छ । विगतमा दोलखा चरिकोटमा छो–रोल्पा सुनचाँदी पसल पसल गरेर व्यवसायिक क्षेत्रमा क्रियासिल रिजालले पछिल्लो समय काठमाडौंको चावहिलमानै आफ्नो व्यवसायलाई सारेर राजनीतिमा समेत क्रियासिल हुनुभएको थियो ।
वि.स.२०३७ मा माता रुद्रमायाँ रिजाल र पिता धन बहादुर रिजालको कोखबाट भिमेश्वर नगरपालिका–१०,चरिकोट दोलखामा जन्मनुभएका रिजाल सानै देखि तिक्ष्ण दिमाग र समाजसेवी भावानाको हुनुहुन्थ्यो । उहाँले कला व्यवसायी संघको दोलखा अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष समेत हाकेर पछिल्लो समय कला व्यवसायी संघको अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । विभिन्न सामाजिक संघ संस्थामा समेत सक्रिय रिजाल यस अघि उद्योग वाणिज्य संघ दोलखाको महत्वपूर्ण पदमा समेत भुमिका निर्वाह गर्दै कालिन्चोक सामुदायिक एफ.एम.का उपाध्यक्ष समेत भएर काम गरिसक्नुभएको छ । सुनचाँदी क्षेत्रमा नीति नियम नबनिरहेको अवस्थामा राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएपछि व्यवसायिक क्षेत्रको विकास र नीति नियम बनाउन उहाँको भूमिकाको सवैले अपेक्षा गरेको पाईन्छ । २०७० सालमा सुनचाँदी नीति नियम बनाउन सचिव स्तरको समिति बनाइएता पनि अहिलेसम्म बनेको छैन । सुनचाँदी व्यवसायिक क्षेत्रकै तर्फबाट बन्ने कानुन पास गर्ने स्थानमा रिजाल पुगेपछि सुनचाँदी क्षेत्रलाई अधिकार सम्पन्न बनाउनेमा भूमिका खेल्ने विश्वास गरिएको छ । रिजाललाई उहाँका शुभचिन्तक,छिमेकी,सुनचाँदी व्यवसायीहरुले सफलताको शुभकामना तथा बधाई दिएका छन।

प्रतिक्रिया दिनुहोस्