सुनको वेथिती विरुद्ध लड्दै गुप्ता,भोली रत्न संघले स्पष्टीकरण लिने

काठमाडौं । रत्न तथा आभुषण संघ भित्र भईरहेको सुनको वेथिती विरुद्ध निरन्तर लड्ने संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले बताउनुभएको छ ।
नोयडाबाट नेपाल फर्किसकेपछि विहिवार आभुषण बजार पत्रिकासँग कुरा गर्दै उपाध्यक्ष गुप्ताले सुन व्यवसायको हक अधिकार स्थापित गर्न र सुन व्यवसायलाई बचाउन आफु निरन्तर प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । सुन व्यवसाय आफ्नो धर्म भएकाले यस व्यवसायलाई बचाउन उहाँले सम्पूर्ण व्यवसायीले सानो ठूलो नभिनी साथ दिन समेत उहाँले आग्रह गर्नुभएको छ ।
ह्वाट्स एप गुप्रमा संघका अध्यक्ष सुमन ताम्राकार लगायत जिम्मेवार पदाधिकारीले फर्जी कम्पनी बनाएर सुनको कोटा दुरुपयोग गरी अवैध कारोवार गरेको दलिल वाहिरिएपछि सुनको कोटामा हुने वेथिती र चलखेल सतहमा आएको थियो । ट्रेजरीसँग मिलेर सुन होल्ड गराई जिल्ला वाहिरकाले उठाउने बनाउन नसकी एक दिन क्विन्टल का क्विन्टल सुन गायव गराउने सिण्डीकेटधारी प्रति पनि वरिष्ठ व्यवसायी ऋषि ठाकुरले प्रश्न उठाएका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले शुक्रवार दुई बजे आफुलाई स्पष्टीकरणको लागि बोलाइएको समेत बताउनुभयो । उक्त वैठकमा वेथितीको विरुद्ध आफुहरुले प्रतिवाद गर्ने समेत बताउनुभयो । सुनको वेथितीको गम्भिर आरोप लागेको व्यक्ति अध्यक्ष सुमन ताम्राकारले राजिनामाको सट्टा आफुलाई स्पष्टीकरणको लागि पत्र लेख्नु आफ्ैमा कानुनत गलत भएको गुप्ताले बताउनुभयो । जिल्ला तथा साना व्यवसायीहरुको सुनको कोटामा फर्जी कम्पनी खडा गरेर चलखेल गर्ने आफैमा गम्भिर अपराध भएकाले यसको विरुद्धमा राज्यमा उजुरी देखी कानुनी लडाईमा समेत आफु प्रतिबद्ध भएर लाग्ने गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्