नारायणगढ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको अधिवेशनको तयारी र नेतृत्वमा सहमती गर्न वसेको सल्लाकार सहितको वैठकमा महासंघको नेतृत्वले हस्तक्षेप गर्दा भाडभैलो मच्चीएको छ ।
सल्लाकार सहितको वैठकमा पश्चिम चितवनलाई जिल्ला सरहको सदस्य अनुरुप अधिकार दिने विषयमा वाद प्रतिवाद हुँदा टेवुल ठोकाठोक र तनावको स्थिती उत्पन्न भएको छ ।
विगतमा डा.यम विके अध्यक्षतामा २०७९ फागुन १४ गते बसेको साधारणसभाले पश्चिम चितवनका सुनचाँदी व्यवसायीहरुलाई जिल्ला संघमा आवद्ध सदस्य सरहनै प्रमाणपत्र दिने निर्णय गरेको थियो । तर महासंघका हालको नेतृत्वले पश्चिम चितवनलाई जिल्ला संघको सदस्य सरह मान्न नसकिने भन्दैं अत्तो थापेपछि पश्चिम चितवनका सुनचाँदी व्यवसायीहरुले आफुहरुलाई अपमानित गरिएको भन्दैं आक्रोश व्यक्त गरेका छन् ।
वैठक चलिरहदा महासंघका सचिवले पश्चिम चितवनका व्यवसायीहरुलाई जिल्ला संघ सरहको सदस्य नमान्ने र मताधिकार समेत नदिने अडान राखेपछि पश्चिम चितवनका व्यवसायीहरुले प्रतिवाद गरेका थिए । वैठक चलिरहदा प्रतिवाद भएपछि महासंघका सचिव वैठक स्थल छोडेर निस्किएका थिए ।
यता पश्चिम चितवनका सुनचाँदी व्यवसायीहरुले भने साधारणसभाले जिल्ला संघको सदस्य सरह समान अधिकार दिएको अवस्थामा महासंघको नेतृत्वले आफ्नो स्वार्थ अनुकुल नयाँ नेतृत्व ल्याउन चलखेल गरे धर्ना देखि आन्दोलनसम्मका कार्यक्रम समेत ल्याउने तयारी गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको अधिवेशन कार्तिक २६ गते गर्ने तयारी गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष डा.यम विकेले पश्चिम चितवनका व्यवसायीहरुलाई वाहिर राखेर अधिवेशन नगर्ने बताउनुभएको छ । यता महासंघका नेतृत्वले भने आफु अनुकलको पदाधिकारी ल्याउनको लागि चलखेल र हस्तक्षेप गर्दा चितवनका व्यवसायीहरुको एकतामा आँच आएको भन्दैं आतंकित भएका छन् ।
विगतमा पनि पूर्वि चितवनमा पनि प्रेम खातीको नेतृत्व हुँदा यस्तै वखेडावाजी हुँदा विवाद हुँदा खाती रत्न आभूषण महासंघमा जान बाध्य भएका थिए । अहिले फेरी पश्चिम चितवनका विषयमा महासंघको नेतृत्वले अत्तो थापेपछि विवाद उत्पन्न भएको छ ।
अर्जून रसाईलीको अध्यक्षतामा महासंघको प्यानलनै विजयी भएको सय दिन पुरा भएको छ । सय दिनको अवधिमा व्यवसायीहरुलाई राज्य तहसँग समन्वय गरेर व्यवसायीको हकहितको काममा क्रियासिल हुने भन्दा पनि महासंघको नेतृत्व गुटवन्दी र आफु अनुकुलको जिल्ला संघ बनाउने दाउपेचका कारण देशभर व्यवसायिक एकतामा फाटो आएको व्यवसायीहरुले बताउन थालेका छन् । सर्लाहीमा पछिल्लो समय महासंघको नेतृत्व नराम्ररी चिप्लीएको छ । आफु अनुकुलको सर्लाही जिल्ला समिति यस अघि महासंघको वर्तमान नेतृत्वले बनाए पनि प्रशासनले त्यसमा रोक लगाएपछि अहिले नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रले यतिबेला सुन सिफारिसको अधिकार हासिल गरेपछि यतिवेला महासंघको वर्तमान नेतृत्व पूर्णरुपमा असफल भएको व्यवसायीहरुले बताएका छन् । बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुदा निरिह बनेको महासंघको वर्तमान नेतृत्वले सुनचाँदी बजार व्यवसायी एकतामा भाजो हाल्ने वाहेक कुनै उपलब्धी हासिल गर्न नसकेको भन्दैं आम व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । सुनचाँदी नीति निर्माणमा कुनै पहल कदमी लिन नसकेको वर्तमान महासंघको नेतृत्व पनि महासंघको अध्यक्षको लाईनमा फोटो टास्न आएको मात्र सवैले यतिबेला विश्लेषण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्