गहना व्यवसायीलाई व्याज तिर्ने समयावधी दिन तामाङको माग

असोज । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका संस्थापक कोषाध्यक्ष मीनबहादुर तामाङले कोभिड–१९ का कारण व्यवसायमा चर्को समस्या परेको भन्दैं व्यवसायीहरुलाई व्याज तिर्ने समय अवधी १ वर्ष दिनुपर्ने बताउनुभएको छ ।

गोल्ड आभूषण टेलिभिजनसँग कुराकानी गर्नुहुँदै युवा व्यवसायी समेत रहनुभएका तामाङले राष्ट्र बैंकले नियम बनाएर व्यवसायीहरुलाई १ वर्षको अवधीमा व्याज तिर्ने सहुलियत दिन माग गर्नुभएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सुन सिफारिस समितिका सह–संयोजक समेत रहनुभएका तामाङले कोभिडको प्रभाव र गहनाको माग छिटफुट भएकाले बैंकबाट सुन नउठेको र सुन सिफारिस शून्य भएको बताउनुभयो ।

युवा व्यवसायी तामाङले महासंघ मार्फत शिल्प व्यवसायी संघका व्यवसायी सदस्यहरुलाई विगतदेखिनै पारदर्शी र समानढंगबाट सुन वितरण गरिरहेको समेत बताउनुभयो ।

अहिलेको विषम परिस्थितीमा सुनचाँदी व्यवसायलाई उकास्न सवैपक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्