बिश्वकर्मा कल्याण गुठीद्धारा सहयोग हस्तान्तरण

आभूषण संवाददाता

कास्की,चैत । सामाजिक सेवा नै आफ्नो मूल धर्म ठानी बिश्वकर्मा कल्याण गुठी समाजको आयोजनामा पोखरा–१८ निवासी संस्थाका सल्लाहकार मनबहादुर बिश्वकर्माका पुत्र भानु बिक को उपचारार्थ २० हजार ९ रुपैया प्रदान गरिएको छ ।

समाजका मनबहादुर लाम्गादेको अध्यक्षता एबं पोखरा महानगरपालिका वडा नं २ का बडाध्यक्ष रामेश्वर मल्लको प्रमुख आतिथ्यता साथै पिपलडाली टोल बिकास संस्थाका सचिव आश बहादुर गुरुङको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रामेश्वर मल्लले स्थापनाको सुरूवातमै सामाजिक क्षेत्रमा कार्य गरेकोमा संस्थाले उल्लेख्य काम गरेको भन्दै वडाबाट आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बिशेष अतिथि आशबहादुर गुरुङले गुठि द्वारा गरिएको सहयोग स्वास्थ्य उपचारको निम्ति अत्यन्तै ठुलो पुण्य कार्य भएकाले पिपलडालि टोलबिकास संस्थाले सदैव गुठिलाई समाज परिवर्तनको लडाईमा साथ दिने बाचा गर्नुभयो ।

गुठीका अध्यक्ष मन बहादुर लाम्गादेले “अक्षय कोष “स्थापनाको लागी छोटो समयमा १०० जना भन्दा बढ़ी आजीवन सदस्य बनाउन सफल भएकोमा समस्त कार्यसमिति सदस्यलाई लाई बधाई दिनुभयो । कार्यक्रम गुठीका महासचिव दीपक घिमिरे संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्