सिद्धार्थनगर सुनचाँदीको साधारणसभा सम्पन्न,सुनको कोटा नबढे आन्दोलन

भैरहवा,चैत ।  सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघको प्रथम साधारणसभा भैरहवामा शनिवार सम्पन्न भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष अर्जून रसाईलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा व्यवसायीहरुले महासंघले सुनको कालोबजारी हटाउन तत्काल कदम चाल्नुपर्ने माग गरेका छन् । प्रमुख अतिथी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जून रसाईलीले महासंघ सम्पूर्ण व्यवसायीहरुको अभिभावक भएकाले व्यवसायीहरुको सुःख दुःखमा साथ रहने बताउनुभयो । बरिष्ठ उपाध्यक्ष रसाइलीले कच्चापदार्थको रूपमा रहेको सुनको आयत कम रहेको हुदा  सुनको आयत बढाउन  सरकार सँग अपिल समेत गर्नुभयो । सुनको कोटा नबढे देशभरका व्यवसायीहरुसँग सल्लाह गरेर देशव्यापी आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो ।  महासंघको ८ औं साधारणसभाले गुट उपगुट अन्त गरेको समेत उहाँको दाबी छ ।  सरकारद्वारा सुनचाँदी खरिद बिक्री निर्देशिका बनाउने कार्य  सम्पन्न हुन लागेकाले सम्पूर्ण  सुनचाँदी ब्यवसायीहरूले ग्राहकको हितमा रहेर ब्यवसाय गर्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा महासघका उपाध्यक्ष जोगलाल विश्वकर्मा विशेष अथितिको रुपमा रहनुभएको थियो । सो अवसरमा महासघका सदस्य एम.वि. विश्वकर्मा र दिपक विश्वकर्मा  अतिथिको रुपमा रहनुभएको थियो । सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष  प्रकाशमणि रामदामको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सतिशकुमार कौशलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोषाध्यक्ष प्रेम रामदामले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । संघका सचिब किस्मत रामदामले  संचालन गर्नुभएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन सचिबको प्रतिबेदन र कोषाध्यक्षको आर्थिक  प्रतिवेदन समेत सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रममा रूद्रदेबी कला केन्द्रका कलाकारहरूको बेजोड साँस्कृतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघका लुम्बिनी प्रदेशका उपाध्यक्ष बिक्रम सुनार, सुनचाँदी महिला समुह सिद्धार्थनगरकी अध्यक्ष सलुजा रामदाम , महिला सुनचाँदी  समुह बुटवलका अध्यक्ष  शुबु बि.क. ,तिलोत्तमा सुनचाँदी व्यवसायी संघका अध्यक्ष पप्पु सेन्चुरी, विश्वकर्मा महिला समूह सिद्धार्थनगरकी अध्यक्ष  शिबु रसाईली लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्