मधेश प्रदेशका सुनचाँदी व्यवसायीहरु आन्दोलनको रणनीतिमा

पर्सा । मधेश प्रदेशका सुनचाँदी व्यवसायीहरुले सुन व्यवसायी माथि धरपकड र महासंघ भित्रकै पदाधिकारीहरुबाट व्यवसायीहरुलाई फसाएर मुद्धा चलाइएको भन्दैं आन्दोलनको लागि तयारी गरेको जानकारीमा आएको छ । साथै उनीहरुले महासंघको अधिवेशन गर्न आउने केन्द्रका प्रतिनिधिहरुलाई समेत बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
महासंघका उपाध्यक्ष तथा बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफले जेल भित्रबाटै आफुलाई कुटपिट र याताना दिएर फसाइएको भन्दैं अन्तरवार्तामा साना सुन व्यवसायीहरुलाई धरासयी बनाउन महासंघ भित्रकै गलत नेतृत्वको हात भएको बताएपछि मधेश प्रदेशका सुन व्यवसायीहरु आन्दोलनको तयारीमा बहस गर्न थालेका हुन् । मधेशबाट सम्पर्कमा आएका व्यवसायीहरुले अव आफुहरुले महासंघ भित्र बसेर व्यवसायलाई धरासयी बनाउने विरुद्धनै पहिलो चरणको आन्दोलन र उनीहरुको भण्डाफोर गर्ने आभूषण बजार पत्रिकालाई बताएका छन् । कोटाको सुनको भागवण्डामा महासंघका उच्च नेतृत्व रमाएकाले सुनचाँदी नीति नियम बनाउन वेवास्ता गरेकाले आज सयौको संख्यामा व्यवसायीहरु जेलमा वस्न बाध्य भएको ती व्यवसायीहरुले बताएका छन् । सुनचाँदी व्यवसायीहरुको हकहित नभई सुनको भागवण्डाको लागि मात्र गरिने महासंघको महाधिवेशनको कुनै औचित्य नहुने भन्दै ति व्यवसायीहरुले महासंघ भित्रका गलत पदाधिकारीलाई अव देशभरका व्यवसायीहरुले वहिस्कार गर्नुपर्ने बताए । काठमाडौंका व्यवसायीहरुको पसलमा सामान्य अनुगमन हुँदा देशभरका व्यवसायीहरुलाई आन्दोलनमा ल्याएको तर आज नीति नियमको अभावमा सुनबजार अस्तव्यस्त बनाएर सयौ व्यवसायी जेलमा हुँदा महासंघको नेतत्वले कानमा तेल हालेर बसेको भन्दैं ति व्यवसायीहरुले अव महासंघ विरुद्धनै आन्दोलनको विकल्प नभएको भन्दैं साथ र सहयोगको लागि अनुरोध गरेका छन् । छिट्टै देशभरबाट संघर्ष समिति बनाएर महासंघ विरुद्ध र राज्यविरुद्ध आन्दोलन गर्ने ती व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्