महासंघका वर्तमान अध्यक्ष र साँठेगाँठेलाई किन मुद्धा र सम्पत्ति शुद्धिकरण ?

महासंघको यतिबेला छैठौ बार्षिक साधरण सभा रुपन्देहीमा बढो तामझामका साथ गरिएको छ ।  बार्षिक साधरण सभालाई सम्बोधन गर्न नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडा समेत पुग्नु भएको थियो  । साधरण सभालाई भब्य बनाऊनको लागि बिभिन्न समिति उपसमिति समेत बनाएर जिल्लाबाट आउने प्रतिनिधिलाई समेत रिसोर्टमा बडो सम्मानको साथ राख्ने ब्यवस्था गरिएको छ । भौतिक रुपमा जे जस्तो गरेता पनि महासघको निति नियम र त्यो भित्रको कानुन काईदा भने रहस्यको गर्भमा नै छ । देशलाई ८ आठ अर्वको योगदान दिने सुनचाँदी क्षेत्रको प्रतिनिधि गर्ने सुनचाँदी ब्यवसायी महासघ भित्रको मुख्य नेतृत्वले गर्ने अनिमियता अपारदर्सी भने काहालि लाग्दो नै छ । दैनिक राज्यबाट २० केजि सुन आयत हुने भए पनि बजार माग भने दैनिक ३० र३५ केजिको रहेको छ यसरी हेर्दा बजारको माग अनुरुप सुन आपुर्ति नभए पनि महासघको बागडोर समालेका महासंघका वर्तमान अध्यक्ष  र उनीसँग साँठगाँठ गर्ने व्यवसायीहरुलाई भने कहिले पनि सुनको कमि नभएको उनीहरुको कारोबारले देखाउछ । महासंघको वर्तमान अध्यक्षले महासंघलाई दुरुपयोग गरेर अथाहा सम्पत्ति जोडेको जानकारीमा आएको छ ।

मोफसलबाट विश्वकर्माहरुको हितका लागि वर्तमान अध्यक्ष विश्वकर्मा सुमदायबाटै आउनुभयो अव व्यवसायको समस्या समाधान हुन्छ भन्दा पनि हालकै अध्यक्ष पनि आफ्नो कार्यकाल भरी कमाउधन्दामा लागेको पाइएको छ । उनले सुनचाँदी खरिदमा सिन्डीकेट लागु गरि आफु निकट र बोलबालाहरुलाई नै बढि प्राथमिकतामा राखेर काम गरिरहेको समेत छर्लङ्ग देखिन्छ । महासंघका अध्यक्ष लगायत उनीसँग साँठगाँठ गर्ने भ्रष्ट पदाधिकारीहरुलाई अदालतको कठघरामा उभ्भाएर सम्पत्ति सुद्धिकरणबाट छानविन गर्न जरुरी देखिएको छ ।

महासंघ जस्तो गरिमामय संगठनको समेत ख्याल नगरी सुन खरिदको गर्नको लागि सिफारिसको नाममा मनग्य रकम असुल्नु,सुबिधा भोगिहुनु र लाखौ रकम भ्रमण तथा सेमिनारमा खर्चनु, पदाधिकारीहरु आफ्नो जिम्मेवारीबाट पन्छिदै रकमको उन्मादमा हजारौ रकम तिरेर सामान्य कार्यक्रम संचालनको लागि उदघोषक किनेर  ल्याउनु यि सबै अनिमियताका पराकाष्ठ हुन् ।  महासंघको यो छैठौ वार्षीकसाधरणसभा महासंघको वर्तमान अध्यक्ष लगायत उनीसँग साठगाँग गर्ने पदाधिकारीले आफ्नो करतुत र अनिमियता लुकाउने माध्य मात्र हो भनेर आकलन गर्न सकिन्छ । रुपन्देहीका व्यवसायीहरुले पनि साधारणसभाको लागि प्रत्येक पसलबाट रु ५ हजार दिनुपर्ने बाध्यता के का लागि भनेर प्रश्न गरेका छन् । व्यवसायीको रगत पसिनाले कमाएर उठाएको प्रत्येक पसलको ५ हजार रुपैया रिसोर्टमा रमाईलो भन्दा पनि व्यवसायिक हकहित र अहिले वाराका आँधी प्रभावितको लागि राहत उपलब्ध गराएको भए सन्देश राम्रो जाने थियो तर त्यसमा कसैको ध्यान जान सकेको छैन ।

सुनचाँदी कारोवार कानुनको अभावका कारण व्यवसायमा अन्योलता सिर्जना भएको छ । अनुगमनको त्रास,सुनको अभावका कारण व्यवसाय डामाडोल अवस्थामा छ । सरकारले वैशाखमा जारी गर्न लागेको नियम कानुनले साना व्यवसायीहरुको उठीवास हुने स्थिती रहेको छ । यो अवस्थामा सम्रग व्यवसायलाई जोगाउने र साना व्यवसायको कला पेशालाई संरक्षण गर्नुभन्दा पनि नेतृत्व कमाउधन्दा र व्यवसायीहरुलाई आहात पार्ने काममा लाग्दा वर्तमान अध्यक्ष र उनीसँग साठगाँठ गर्ने भ्रष्ट पदाधिकारीप्रतिको भरोसा टुंगीएको छ । जवसम्म अहिलेको महासंघको नेतृत्व लगायत उनीसँग साँठगाँठ गर्ने पदाधिकारीलाई सम्पत्तिसुद्धिकरण र अदालतको कठघरामा उभ्याउन सकिदैन तवसम्म गरीखाने देशभरका सुनचाँदी व्यवसायी तथा कालिगढको हित हुन सक्दैन । यतिबेलासम्म व्यवसायीहरुको हकहितको ऐजेण्डा स्थापित हुनुपर्ने हो तर वर्तमान अध्यक्ष आएपछि झनै अवस्था विग्रीएको छ तसर्थ हामीले राज्यलाई दोषमात्र लगाउने मात्रै भन्दा पनि आफ्नै पेशाभित्र मुल धमिलाएर वस्ने अध्यक्ष लगायतका केही भ्रष्ट पदाधिकारीहरुलाई जरै देखि नउखले सम्म व्यवसायीहरुको समस्या सधैभरी जिउका तिउ रहनेछ तसर्थ आम व्यवसायीको आन्दोलन अव अहिलेको मूल नेतृत्वको अनियमितताको पर्दाफासमानै केन्द्रित गरेर कठघरामा उभ्याएर राज्यका विचनमा नकाब उतार्न जरुरी छ । अव पनि देशभरका सुनचाँदी व्यवसायी उनीहरुको करतुतलाई लुकाउने एक दुई तोलामा लोभिएर कानमा तेल हालेर वस्ने हो भने इतिहाँसमा सुनचाँदी पेशा गुमनाम नहोला भन्न सकिदैन तसर्थ करतुतका विरुद्धमा अव आफ्नै नेतृत्वको विरुद्धमा आन्दोलनमा उत्रनुपर्ने वेला आएको छ ।

(लेखक बाराका पत्रकार तथा सुनचाँदी व्यवसायी हुन् )

प्रतिक्रिया दिनुहोस्