रामजी साह,प्रवेशकुमार सर्राफ,कमलेश साहसम्मको तरंग,मधेश आक्रोशित

मधेश व्यूरो, माघ । सुनचाँदी व्यवसायीहरुप्रति पछिल्लो समयमा भएको श्रृंखलाबद्ध धरपकड र महासंघको मौनताप्रति मधेश प्रदेशका व्यवसायीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशका सभापति रामजी साहले फोनको भरमा अपराधी करार गरेर हत्तकडी लगाउने काम गलत भएको बताउनुभएको छ । सुनचाँदी व्यवसायीहरुलाई प्रोत्साहन गर्नुको सट्टा हत्कडी लगाउने थुन्ने काम भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सुनचाँदी नीति निर्देशिका नबनाउँदा समस्या उत्पन्न भएको साहले बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रदेशलाई कि अधिकार सम्पन्न बनाउनुपर्छ अन्यथा खारेज गर्नुपर्ने सभापति रामजी साहले बताउनुभयो । साथै उहाँले चैत २३ र २४ गते हुने महासंघको महाधिवेशनबाट सक्षम र व्यवसायी हितमा निस्वार्थ भएर लाग्ने नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशका सचिव प्रवेशकुमार सर्राफले फोनको भरमा व्यवसायीहरुलाई धरपकड र मुद्धा चलाइएको तर महासंघको नेतृत्वले उनीहरुको सत्य तथ्य बुझेर न्याय दिलाउन कुनै पहल नगरेको भन्दैं सचिव सर्राफले आक्रोश व्यक्त गरेका हुन् । सुनचाँदी नीति नियम नहुँदा व्यवसायीहरुलाई फसाईएको भन्दैं प्रदेश सचिव सर्राफले महासंघको केन्द्रीय नेतृत्व सुनचाँदी कारोवार नीति बनाउन गम्भीर भएर अगाडी नबढेको भन्दैं चिन्ता व्यक्त गरेका हुन् । मधेशका व्यवसायी अत्यन्त पिडित भइसके महासंघको नेतृत्वलाई वहिस्कार गर्ने सम्मका कुराहरु मधेशमा उठ्न थालेको जानकारीमा आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशका कोषाध्यक्ष कमलेश साहले पनि सुनचाँदी व्यवसायीहरुलाई संरक्षण दिन नसक्ने तथा सुनचाँदी नीति निर्देशिका जारी गराउन नसक्ने महासंघहरुको कुनै औचित्य छैन भन्दै फेसबुकमा पोष्ट गर्नुभएको छ । महासंघको गाडीको स्टेरिङ आम व्यवसायीको हितमा काम गर्ने भन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त हुने नेतृत्वको हातमा परेको भन्दैं व्यवसायीहरुले दुःखदायी चिन्ता प्रकट गरेका छन् ।
उक्त पोष्टमा धेरै व्यवसायीहरुले महासंघको नेतृत्व सुनको भागवण्डा र व्यक्तिगत स्वार्थमा रमाएको तर आम व्यवसायीहरुको हकहितमा नलागेको भन्दैं कमेन्ट गरेका छन् ।
सिरहा लहानका व्यवसायी दिनेश साह स्वर्णकारले पनि वारा जिल्लाका अध्यक्ष शिवकुमार सर्राफ लगायतका व्यवसायीहरुलाई फोनको भरमा धरपकड गर्नु र महासंघले व्यवसायीवारेमा सत्य तथ्य बुझेर न्याय दिलाउन महासंघबाट कुनै कदम चाल्न नसक्नु कम्जोरी भएको बताउनुभएको छ । पछिल्लो समय विभिन्न आरोपमा सुन व्यवसायीहरुलाई श्रृंखलावद्धरुपमा पक्राउ गर्न थालिएपछि सुनचाँदी कारोवार निर्देशिका नबन्दा यो भयावह अवस्था आएको र महासंघका नेतृत्व २० केजी सुनमा सिण्डीकेट खडा गरेर भागबण्डामै व्यस्त रहेको तर आम व्यवसायीहरुको हितमा नलागेको भन्दैं महासंघको गलत नेतृत्व विरुद्धनै आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दैं आक्रोशित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्