रत्न संघ भित्रको वेथिती छानविनमा दबाब,गुप्तालाई साथ र हौषला

काठमाडौं । रत्न तथा आभूषण संघ भित्र फर्जी कम्पनी खडा गरेर वैंकको ट्रेजरीसँग मिलेर जिल्ला र अन्य व्यवसायीको समेत सुन कब्जा गरेर अवैध कारोवार गर्दै आईरहेका भनिएका नेृतत्वको विरुद्धमा लडाई लडेका संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्तालाई आम व्यवसायीले साथ र हौषला थपेका छन् ।
संघका अध्यक्ष सुमन ताम्राकार र अर्का व्यवसायी निर्मलरत्न तुलाधार लगायतका केही पदाधिकारीले नक्कली कम्पनी खडा गरी जिल्ला र अन्य व्यवसायीहरुले पाउनुपर्ने सुन कब्जा गरी अवैध कारोवार गरेको मिडिया खबर सार्वजनिक भएको छ । वैंकको ट्रेजरीसँग मिलेर सुन फर्जी कम्पनीमा पारेर उल्लेखित नेतृत्वले भारततर्फ पठाउने गरेको आरोपका खबरहरु ह्वाट्स एप गु्रपबाट तथ्य वाहिरीएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले नेतृत्वले गरेको वेथितीप्रति लडाई लड्ने उद्घोष गरेपछि संघले गुप्तालाई स्पष्टीकरणको लागि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले फागुन २७ गते त्रिपुरेश्वरमा बोलाएको छ । यसैगरी आज रत्न तथा आभूषण संघ केसा प्लाजामा भने स्पष्टीकरणको लागि डाकिएको छ ।
यसैवीच नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघका अध्यक्ष  विश्वकर्माले संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र गुप्ताले रत्न संघ भित्र भएको वेथितीको आवाज उठाउनुभएकोमा आभार प्रकट गर्दै पूर्ण साथ रहने बतानुभएको छ । अध्यक्ष विश्वकर्माले न्यायको लागि सम्पूर्ण कालिगढहरु एक भएर साथ दिने समेत बताउनुभएको छ । यसैवीच गुप्ताको संघर्षप्रति जिल्ला जिल्लाका व्यवसायीहरुले साथ र हौषला दिएका छन् । सुनको सिण्डीकेट र वेथितीको विरुद्ध खुट्टा नकमाई लागे गुप्ताको नेतृत्वमा आन्दोलनमा समेत साथ दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्