रत्न तथा आभूषण महासंघको अध्यक्षमा रमेश महर्जन विजयी

काठमाडौं,चैत । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित हनुभएको छ ।

महासंघको काठमाडौंमा सम्पन्न सातौ राष्ट्रिय साधारणसभा पश्चात भएको मतदानबाट रमेश महर्जन निर्वाचित हुनुभएको हो । कूल २५८ प्रतिनिधि रहेको मतदान प्रक्रियामा रमेश महर्जनले १४३ मत प्राप्त गरेर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी सुरेशमान श्रेष्ठले ९० मत हासिल गर्नुभयो ।

यसै महासंघको प्रथम उपाध्यक्षमा रामप्रसाद विश्वकर्मा,द्धितिय उपाध्यक्ष द्धारिकका विश्वकर्मा,तृतीय उपाध्यक्ष अमरनाथ गुप्ता,महासचिव किसान  सुनार,सचिव निरबहादुर धमला टंक बराईली,कोषाध्यक्षमा केशरबहादुर सेन्चुरी,सहकोषाध्यक्षमा गणेशप्रसाद विश्वकर्मा निर्वाचित हुनुभएको छ । यसैगरी केन्द्रिय सदस्यहरुमा गंगाराम रसाईली,विष्णुभक्त बराईली,दिपक धनुके,कमलप्रसाद लामिछाने,जगतबहादुर सुनार,दिपककुमार सुनार,प्रेमबहादुर विक,देवीलाल विक,श्यामकुमार विश्वकर्मा,खेमराज विश्वकर्मा,विधासागर ताम्राकार,सोमबहादुर वि.क.,आनन्दकुमार साह,बलराम साह,पृथ्वी विश्वकर्मा,बुद्धिबहादुर विक.पर्वलाल शर्मा कोईराला,तिलक विक,त्रिलोचन विश्वकर्मा निर्वाचित हुनभएको छ । यसैगरी महिला केन्द्रिय सदस्यहरुमा भद्रशीला रसाईली,तारा विश्वकर्मा र सम्झना शिवाकोटी चयन हुनुभएको छ ।

यसैबीच अध्यक्षमा निर्वाचित भएसँगै महासंघका अध्यक्ष रमेश महर्जनले आभूषण पत्रिकासँग कुरा गर्दै अहिले देखिएको कालोबजारी समस्या देखि विविध समस्या समाधानको लागि देशव्यापी अभियान लिएर अघि बढ्ने बताउनुभयो । साथै महासंघले स्वच्छ व्यवसाय,सम्मानित व्यवसायीको नारा लिएर अघि बढ्ने तयारी गरेको बताउनुभयो । सुनको कालोबजारी न्यूनिकरणको लागि आफ्नो संगठन भएको जिल्ला माताहातमा व्यवसायीको तथ्यांक लिएर सोही अनुरुप सुनको वितरण गरिने समेत उहाँले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष महर्जनसँगको पुरा अन्तरवार्ता केही दिनमा प्रकाशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्